आइतबार, फागुन १०, २०८२

गठबन्धनको कार्यदलले बुझाएको प्रतिवेदनमा के छ ?

मेरोन्यूज २०७९ भदौ २३ गते १९:५५

काठमाडौँ । सत्ता गठबन्धन दलको कार्यदलले एक महिनापछि शीर्ष नेतालाई प्रतिवेदन पेश गरेको छ । बिहीबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा शीर्ष नेतालाई कार्यदलले तयार पारेको प्रतिवेदन बुझाएको हो ।

Advertisement
nepal life insurencenepal life insurence

कार्यदलका सदस्य तथा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनका अनुसार सिट संख्या शीर्ष नेताहरूले नै टुंग्याउने गरी प्रतिवेदन बुझाइएको हो ।

‘हामीले मोटामोटी सबै क्षेत्रमा सहमति कायम गरेका छौँ, नमिलेका केही ठाउँमा द्विपक्षीय दाबी छ, त्रीपक्षीय दाबी भने कम छ,’ पुनले भने, ‘अब बाँकी रहेका कुरा शीर्ष नेताहरूले मिलाउनु हुनेछ ।’

अहिले बालुवाटारमा शीर्ष नेताहरूबीच बैठक जारी छ । प्रतिवेदनमा गठबन्धनमा रहेका दलहरूको एकल दाबी रहेकोमा समझदारी र दुई दलको दाबी रहेकोमा क–कस्को दाबी रहेको छ । र, त्यहाँ के कस्तो अवस्था रहेको छ भन्नेसम्म उल्लेख गरी प्रतिवेदन पेश गरिएको छ ।

सत्ता गठबन्धन दलहरूले गत साउन २० गते चुनावमा तालमेल गर्ने निर्णय गर्दै सिट बाँडफाँट गर्न ११ सदस्यीय कार्यदल बनाएको हो ।

प्रतिक्रिया