राहदानीबाट मात्रै एक वर्षमा पाँच करोड राजस्व
काठमाडौँ । पूर्वी नवलपरासीमा राहदानीबाट एक वर्षमा पाँच करोड राजस्व संकलन भएको छ । गत आर्थिक वर्ष २०७८–७९ मा जिल्ला प्रशासन कार्यालयले राहदानीबाट पाँच करोड एक लाख ३८ हजार राजस्व सङ्कलन गरेको जिल्ला प्रशासन कार्यालय नवलपुरका सूचना अधिकारी एवं सहायक प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले बताए ।
यो अवधिमा सात हजार ४०५ जनाले साधारण राहदानी र एक हजार ४७६ जनाले विद्युतीय राहदानी बनाएका भुसालले बताए । भुसालका अनुसार आव २०७७–७८ मा दुई करोड ३४ लाख ३५ हजार, आव ०७६–७७ मा दुई करोड ४७ लाख ६७ हजार ५०० र आव २०७५–७६ मा तीन करोड ३८ लाख ८७ हजार ५०० राजस्व सङ्कलन भएको हो ।
कोभिड १९ सुरु भएपछि रोकिएको विदेश भ्रमण पनि अहिले सहजरुपमा सञ्चालन भएकाले पासपोर्ट बनाउन आउनेको सङ्ख्या बढेको भुसालले बताए । भुसालका अनुसार राहदानी बनाउन आउनेमा धेरै युवा रहेका छन् । त्यसमा पनि वैदेशिक रोजगारी र उच्च शिक्षाका लागि विदेश जानेबाट राहदानीका लागि धेरै आवेदन आउने गरेको छ ।
















सङ्खुवासभाको रिताक आसपास केन्द्रविन्दु भएर भूकम्पको धक्का
गुल्मीमा हवाई उडान कटौती , अब सातामा तीनपटक मात्र
यस्तो छ आजका लागि फलफूल तथा तरकारीकाे मूल्य
‘राजनीतिक दलका उम्मेदवारको साङ्गठनिक विरासत र महावीरको व्यक्तित्वबीचको प्रतिस्पर्धा’
टुँडिखेलमा प्रजातन्त्र दिवस (फोटो फिचर)
सुर्खेत पुगेर बालेनले भने – कर्णालीको गहिराइ कसैले बुझेन
कांग्रेसको प्रतिज्ञापत्र : यस्ता छन् गैरआवासीय नेपालीका मुद्दा
यस्तो छ रास्वपाको वाचापत्र (पूर्णपाठ)
केन्द्रीय सुरक्षा समितिको बैठक निर्वाचनमा केन्द्रीत
प्रतिक्रिया