आइतबार, फागुन १०, २०८२

उम्मेदवार सिफारिस भएकालाई पत्रकार महासंघ बाराले कारबाही गर्ने

मेरोन्यूज २०७९ भदौ २५ गते १४:३३

काठमाडौँ । नेपाल पत्रकार महासंघ बारा शाखाले आगामी ४ मंसिरमा हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उम्मेदवार सिफारिस भएका पदाधिकारी, सदस्य तथा साधारण सदस्यलाई कारवाही गर्ने भएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

पत्रकार महासंघको सदस्यता नत्यागी राजनीतिक दलबाट उम्मेदवार सिफारिस भएकोमा नेपाल पत्रकार महासंघ बाराले आपत्ति जनाएको हो ।

महासंघ बाराका अध्यक्ष रेशम तिवारीको अध्यक्षतामा शुक्रबार बसेको बठकले सिफारिस भएकोमा महासंघको ध्यानाकर्ष भएको जनाएको छ । महासंघको विधान २०६० (पाँचौँ संशोधन २०७६) ले प्रष्ट रूपमा ‘महासंघका केन्द्रीय समिति, प्रदेश समिति वा शाखा समितिका पदाधिकारी तथा सदस्यले सो पदमा बहाल रहेसम्म कुनै राजनीतिक दलको कुनै पनि तहको विभाग वा समितिमा रही काम गर्न पाउने छैन’ भनि उल्लेख छ ।

दलको कुनै पनि तहको विभाग वा समितिमा रही काम गरेमा समितिले निलम्बन गर्ने र सदस्यता खारेज गर्ने निर्णयसमेत गर्न सक्नेतर्फ ध्यान दिन महासंघ बाराले आग्रह गरेको छ ।

प्रतिक्रिया