सर्लाहीमा जंगली हात्तीले घर भत्कायो
मेरोन्यूज
२०७९ भदौ २५ गते १५:००
सर्लाही । जिल्लामा जंगली हात्तीले दुई वटा घर भत्काएको छ । जंगली हात्तीले गए राति हरिवन नगरपालिका ५ महतो टोलमा शंकर महतो र प्रकाश महतोको घर भत्काएको हो ।
हात्ती धपाउन कर्मचारी परिचालन गरिएको डिभिजन वन कार्यालयका प्रमुख मञ्जुर अहमदले जानकारी दिए । हात्तीले घर भत्काएर घरभित्र रहेका अन्नपात खाएर क्षति पुर्याएको छ । बस्तीमै हात्ती आएर क्षति पुर्याउन थालेपछि त्यस क्षेत्रका स्थानीय त्रसित बनेका छन् ।
हात्तीले स्थानीयवासी जंगलमा घाँस दाउराका लागि जानसमेत सकेका छैनन् । स्थानीयबासी र प्रहरीको सहयोगमा हात्तीलाई जंगलतर्फ धपाइएको छ ।
सम्बन्धित
















सङ्खुवासभाको रिताक आसपास केन्द्रविन्दु भएर भूकम्पको धक्का
गुल्मीमा हवाई उडान कटौती , अब सातामा तीनपटक मात्र
यस्तो छ आजका लागि फलफूल तथा तरकारीकाे मूल्य
‘राजनीतिक दलका उम्मेदवारको साङ्गठनिक विरासत र महावीरको व्यक्तित्वबीचको प्रतिस्पर्धा’
टुँडिखेलमा प्रजातन्त्र दिवस (फोटो फिचर)
सुर्खेत पुगेर बालेनले भने – कर्णालीको गहिराइ कसैले बुझेन
केन्द्रीय सुरक्षा समितिको बैठक निर्वाचनमा केन्द्रीत
कांग्रेसको प्रतिज्ञापत्र : यस्ता छन् गैरआवासीय नेपालीका मुद्दा
एमालेका नेता पूर्वमन्त्री मानन्धर कांग्रेसमा प्रवेश
प्रतिक्रिया