बेहोस बनाउने कर्मचारी बिदामा बसेपछि सुत्केरी सेवा बन्द

खोटाङ । जिल्ला अस्पताल खोटाङमा शल्यक्रियामार्फत सुत्केरी गराउने सेवा बन्द भएको छ । एनेस्थेसिया सहायक (अपरेशन गर्दा बिरामीलाई बेहोस बनाउने कर्मचारी) अस्वस्थ भएर उपचारमा बसेकाले अस्पतालमा शल्यक्रियामार्फत सुत्केरी गराउने सेवा बन्द भएको हो ।
आइतबार जिल्ला अस्पतालले सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्मका लागि शल्यक्रियामार्फत सुत्केरी गराउने सेवा बन्द गरिएको जानकारी दिएको छ । शल्यक्रियामार्फत सुत्केरी गराउने सेवा बन्द हुँदा सेवाग्राही मारमा परेका छन् । जिल्ला अस्पतालमा एक एनेस्थेसिया सहायकको दरबन्दी छ ।
कार्यरत एनेस्थेसिया सहायकको दुर्घटनामा खुट्टा भाँचिएर उपचारमा बस्नु परेकाले शल्यक्रियामार्फत सुत्केरी गराउने सेवा बन्द गर्नु परेको जिल्ला अस्पतालले जनाएको छ । जिल्ला अस्पतालमा शल्यक्रियामार्फत सुत्केरी सेवा बन्द भएको जानकारी दिँदै वैकल्पिक सेवाको व्यवस्थापनमा लाग्ने सचेतताका लागि सूचना जारी गरिएको हो ।
तत्कालका लागि सट्टामा राख्ने जनशक्ति समेत नपाइने भएकाले शल्यक्रियामार्फत सुत्केरी गराउने सेवा बन्द गर्नुपरेको अस्पतालले जनाएको छ । इमरजेन्सीका बेला केही समय जिल्ला अस्पतालकै डाक्टरमार्फत एनेस्थेसियाको काम गराउने प्रयास भएको थियो तर अधिक जोखिम भएकाले सेवा नै बन्द गर्नु परेको जनाइएको छ ।
















काभ्रे पुगेर गृहमन्त्रीले भने- अवैध रूपमा सञ्चालित सबै क्रसर तुरून्त बन्द गर्नू
डा. हाक जा हान मुन २०२६ नोबेल शान्ति पुरस्कारका लागि सिफारिस
सुदूरपश्चिम प्रदेशसभाको सातौँ अधिवेशन प्रारम्भ, सञ्चार विधेयक ‘टेबुल’
बागलुङमा भिरबाट लडेर एक महिलाको मृत्यु
आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै
गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
चितवनमा सहचालकले बस ब्याक गर्दा …
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
प्रतिक्रिया