खाली पेटमा मनतातो पानी पिउँदा हुने फाईदा

काठमाडौं । बिहानको समय अझ भनौं उठ्ने बितिकै मनतातो पानी तपाई पिउँने गर्नु हुन्छ कि हुदैन् ? बिहानको समयमा पिएको मनतातो पानीले कयौं रोगबाट बच्न सकिने विभिन्न अध्ययनहरुले देखाएको छ । प्रशस्त पानी सही समयमा र सही तरिकाले पिउने गरेमा हामी धेरै रोगबाट बच्न सक्छौँ। हरेक दिन ३ देखि ४ लिटर पानी पिउने गर्नु शरीरको लागि राम्रो हुने चिकित्सकहरु बताउँछन्।
नियमित खाली पेटमा मनतातो पानी पिउँदा हुने फाइदा
१. बिहानै उठेर पानी पिउँदा शरीरभित्रका हानीकारक तत्व सफा हुन्छ। रगत सफा हुन्छ। र छालासमेत स्वस्थ भई चमक आउँछ।
२. खाली पेटमा पानी पिउँदा मेटाबोलिज्म सक्रिय हुन्छ। यदि तपाई आफ्नो तौल घटाउन चाहनु हुन्छ भने बिहान पानी पिउन सुरु गरिहाल्नुस्।
३. बिहानै पानी पिउने गरे शरीरलाई आवश्यक पर्ने तन्तु र कोशिका निर्माण हुँदै जान्छ। शरीरका मांसपेशीसमेत बलियो हुन्छ।
४.बिहानै उठेर पानी पिउनेहरुमा कब्जियतका समस्या हुँदैन । बिहान पेट सफा भएपछि खाएको खाने कुराले शरीरलाई पूर्ण पोषण र शक्ति प्रदान गर्छ। कब्जियत नभएपछि पेटमा अन्य रोग लाग्ने सम्भावना न्यून हुन्छ।
५. बिहानै उठेर पानी पिउँदा घाँटी, पिसाब र मिर्गौला सफा भई अन्य रोगलाई समेत पन्छाउन सकिन्छ। त्यस्तै, महिलाहरुको महिनावारी समेत समयमै हुन्छ।एजेन्सीको सहयोगमा















अब हर्मुज जलमार्गमा इरानले वैधानिक रुपमा शुल्क उठाउन पाउने
आज कुन तरकारि एवम् फलफुलकाे मूल्य कती ?
इरानले अमेरिकासँग राखेको १० बुँदे योजनामा के छ ?
यस्तो छ आज (बुधबार) विदेशी मुद्राको विनिमयदर
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
चितवनमा सहचालकले बस ब्याक गर्दा …
इरान र अमेरिकाबीच ४५ दिने युद्धविरामको लागि अन्तिम प्रयास
प्रतिक्रिया