नेसनल माइक्रोफाइनान्सको संस्थापक सेयर लिलामी बिक्री खुला

काठमाडौं । नेसनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले आज बिहीबार (भदौ ३० गते) देखि १७ हजार ९४३ कित्ता संस्थापक सेयर लिलामीमा बिक्री खुला गरेको छ ।
यसमा कम्पनीले प्रतिकित्ता सेयरको न्यूनतम भाउ ७५० रुपैयाँ तोकेको छ । तसर्थ, लगानीकर्ताले ७५० रुपैयाँलाई आधार मानेर सो भन्दा बढी मूल्य कबोल गरी लिलामी बोलपत्र पेश गर्नुपर्नेछ ।
यसमा लघुवित्तका विद्यमान संस्थापक सेयरधनी वा जो कोही व्यक्ति, कम्पनी,संघ र संस्थाहरुले आवेदन दिन सक्नेछन् । न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ ।
बोलपत्र पेस गर्ने अन्तिम म्याद असोज ५ गतेसम्म तोकिएको छ । लगानीकर्ताले संस्थाको बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल, काठमाडौंमा पुग्ने गरी गोप्य शिलबन्दी बोलपत्र बुझाउन सक्नेछन् । लघुवित्तका विद्यमान संस्थापक सेयरधनीलाई प्राथमिकता दिई यसअघि आवेदन खुला गरिएको थियो । तर सो अवधिमा आवेदन नपरेको हुनाले लिलामीमा ल्याइएको हो ।















रवि लामिछाने अस्पतालबाट डिस्चार्ज
इजरायली आक्रमणबाट लेबनानमा मृत्यु हुनेको संख्या ९००
एनआरएनए विश्व सम्मेलनको घोषणापत्रः लगानी, श्रमिक सुरक्षा र एकतामा जोड
नेपालको विकास र समृद्धिमा सक्रिय रूपमा सहभागी हुन गैरआवासीय नेपालीलाई प्रधानमन्त्री कार्कीको आह्वान
अब राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा
इरानमाथि सैनिक हमलामा ५० हजार भन्दा बढी अमेरिकी सैनिक संलग्नः पेन्टागन
दुबई र अबुधाबीमा रहेका बन्दरगाह क्षेत्रहरू खाली गर्न नागरिकलाई इरानकाे चेतावनी
एमालेले टुंग्यायो १६ जना समानुपातिक सांसद (सूचीसहित)
रास्वपाले टुंग्यायो समानुपातिकका ५७ सांसदको नाम
राष्ट्रङ्घकाे बहुपक्षीय सहकार्य विस्तारमा नेपालको जोड
प्रतिक्रिया