निर्देशक सुदर्शन थापाविरुद्ध पत्रकार सुजन श्रेष्ठले दिए प्रहरीमा उजुरी
मेरोन्यूज
२०७९ भदौ ३० गते १६:५८

काठमाडौं । निर्देशक सुदर्शन थापाविरुद्ध पत्रकार सुजन श्रेष्ठले जाहेरी दिएका छन् । निर्देशक थापाले आफूमाथि गाली बेइज्जती र धम्की दिएको भन्दै उनले प्रहरी वृत्त, गौशालामा उजुरी दिएको स्रोतले जनाएको छ ।
थापा निर्देशित फिल्म ‘सम्हालिन्छ कहिले मन’ले बक्स अफिसमा गरेको व्यापारको विषयमा श्रेष्ठले केही दिनअघि लेखेको समाचारलाई लिएर यी दुईबीच तनाव उत्पन्न भइरहेको थियो ।
गत भदौ २० गते थापाले समाचारको विषयलाई लिएर श्रेष्ठलाई कानको जाली फुटाइदिने भन्दै धम्की दिएको अडियो श्रेष्ठले सामाजिक सञ्जालमा सार्वजनिक समेत गरेका थिए । जाहेरीपछि शुक्रबार बिहान ११ बजे दुवै पक्षलाई छलफलका लागि प्रहरीले बोलाएको छ ।
सम्बन्धित
















होर्मुज जलसन्धि क्षेत्रमा शान्ति कायम गर्न कूटनीतिक पहल
अनुसन्धानका लागि पालिएका पन्छीमा बर्डफ्लु, करिब ५० लाख बराबरको क्षति
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख १२ हजार राजस्व सङ्कलन
वरिष्ठ नागरिकको ज्ञान र सीपबाट नयाँ पुस्ताले लाभ लिन सक्नुपर्छः राष्ट्रपति
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया