आइतबार, वैशाख २०, २०८३

डा गोविन्द केसीसँग वार्ता गर्न सरकारले गठन गर्‍यो वार्ता टोली, असनस तोड्न आग्रह

मेरोन्यूज २०७९ भदौ ३१ गते १९:४१

काठमाडौं । स्वास्थ्य सेवा सुधारको माग राख्दै आमरण अनसनमा बसेका प्राडा गोविन्द केसीसँग वार्ता गर्न सरकारले वार्ता टोली गठन गरेको छ।

Advertisement
NiccNicc

सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिवको संयोजकत्वमा वार्ता टोली गठन गरेको हो।

प्रधानमन्त्री कार्यालयद्वारा जारी विज्ञप्ति अनुसार वार्ता टोलीमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र शिक्षा मन्त्रालयका सचिव र नेपाल चिकित्सक संघका प्रतिनिधि सदस्य रहने गरी वार्ता टोली गठन गरेको हो।

त्यस्तै डा केसीको तर्फबाट डा जीवन क्षेत्रीको संयोजकत्वमा ओम प्रकाश अर्याल, डा लिजन महर्जन र प्रितम सुवेदी सहितको वार्ता टोली गठन गरेको हो ।

प्रतिक्रिया