कानेपोखरी बजारको खानेपानी योजना सम्पन्न

मोरङको कानेपोखरी गाउँपालिकाको कानेपोखरी बजारमा प्रदेश सरकारको लगानीमा निर्माण भएको खानेपानी आयोजनाको आज उद्घाटन गरिएको छ ।
कानेपाखरी–७, हाइवे लाइनमा कानेपोखरी सामुदायिक खानेपानी उपभोक्ता तथा सरसफाइ समितिले निर्माण गरेको खानेपानी आयोजनाको प्रदेश नं १ प्रदेशसभाका नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक सूयर्माराज राईले उद्घाटन गर्नुभयो । विसं २०७५ पुस १६ गते राईले नै उक्त आयोजना शिलान्यास गर्नुभएको थियो ।
प्रमुख सचेतक राईले यति छोटो अवधिमा योजना सम्पन्न भएकोमा खुसी व्यक्त गर्दै विकासलाई निन्तर आगाडि बढाउँदै लैजाने विश्वास दिलाउनुभयो । दुई लाख २५ हजार लिटर क्षमताको ओभर हेड ट्याङ्कीबाट २४ घण्टा पानी वितरण गर्ने गरी तीन हजार मिटर खानेपानी पाइप विस्तार गरिएको योजना रु तीन करोड २७ लाख ९५ हजार लागतमा सम्पन्न गरिएको छ ।
स्थानीय सामुदायिक वनको पाँच कट्ठा जमिनमा उपभोक्ता समितिले खानेपानी आयोजना निर्माण गरेको हो । सम्पन्न योजनाले कानेपोखरी गाउँपालिकाको वडा नं २, ४, ५, ६ र ७ गरी करिब एक हजार ५०० घर घरधुरी लाभान्वित हुने प्रमुख सचेक राईले जानकारी दिनुभयो ।
उहाँका अनुसार त्यति नै क्षमताको अर्को खानेपानी योजना विस्तार गरी जनतालाई खानेपानी समस्याबाट मुक्त गराउने उद्देश्य छ ।
















इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
नेपाली दूतावासको आयोजनामा पाकिस्तानमा मनाइयो बुद्ध जयन्ती
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
हर्क साम्पाङले मागे बालेनको राजिनामा
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
प्रतिक्रिया