सभामुख सापकोटाले हेरे ‘ऐना झ्यालको पुतली’, भन्छन्-सकिएको पत्तै भएन

काठमाडौं । सभामुख अग्नि सापकोटाले गत शुक्रबार फिल्म ‘ऐना झ्यालको पुतली’ हेरेका छन् । फिल्म हेरिसकेपछि उनले फिल्म राम्रो बनेको र यो फिल्म गाउँ सहर, शिक्षक अभिभावक सबैले हेर्नुपर्ने बताए
‘फिल्म सकिएको पत्तै भएन । म १५ वर्ष पढाएको शिक्षक हुँ । गाउँको मान्छे पनि हुँ । योसँगै फिल्मले समाजको चित्रण पनि दुरुस्त गरेको रहेछ । यो फिल्म मौलिक पनि छ र सन्देश पनि बहुआयामिक रहेछ,’ उनले भने ।
सापकोटाले पाँच वर्षअघि फिल्म ‘कान्छी’ हेरेको स्मरण गरे । उनले फिल्म ‘ऐना झ्यालको पुतली’ आफ्नो जीवनसँग मेल नखाए पनि गाउँका धेरै कुराहरू मिल्दोजुल्दो भएकोले आफैंले भोगेजस्तो अनुभव भएको बताए ।
‘मेरो घरमा बहिनी थिएनन् । दिदी थिए तर उनीहरूले पढ्न पाउँदैनथे । हामीले मात्र पढ्न पायौं, त्यसैले ठ्याक्कै मेरै जीवनसँग त मेल खाएन, तर यो हामीले गाउँमा जताततै देखेको दुनियाँ हो । खासगरी मलाई दिदीभाइको प्रेम र संघर्षको कुरा असाध्यै राम्रो लाग्यो,’ उनले भने ।
२४ भदौमा रिलिज भएको सुजित बिडारी निर्देशित फिल्मले दर्शक तथा समीक्षकबाट उत्कृष्ट प्रतिक्रिया पाइरहेको छ । शुक्रबारबाट दोस्रो हप्तामा प्रवेश गरेको फिल्मले पहिलो हप्ताभन्दा दोस्रो हप्तामा सो र दर्शक दुवै बढी पाइरहेको छ ।










गैरमुस्लिम विदेशीका लागि साउदी अरबमा रहेकाे एकमात्रै मदिरा पसलमा ग्राहककाे भिड
बालुवाटारमा प्रधानमन्त्री कार्की र रास्वपा सभापति रवि लामिछाने भेटवार्ता जारी
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
निर्वाचनको तयारीबारे भोलि प्रधानमन्त्रीसहितको सर्वपक्षीय छलफल
गहना चोरी गरी बिक्री गर्ने दुई जना पक्राउ
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
प्रतिक्रिया