‘सुसाइड नोट’ लेखेर गायिका जेरुसा राई बेपत्ता
मेरोन्यूज
२०७९ असोज ७ गते १४:१२

काठमाडौं । गायिका जेरुसा राई बेपत्ता भएकी छन् । बिहीबार साँझ ७ बजेदेखि उनी सम्पर्कविहीन भएको भन्दै परिवारले जिल्ला प्रहरी परिसर, ललितपुरमा खोजतलासका लागि निवेदन दिएका छन् । ३० वर्षीया राई आमासहित सानेपामा बस्दै आएकी थिइन् ।
ललितपुर प्रहरीका प्रवक्ता सुधीरराज शाहीले हालसम्म उनलाई फेला पार्न नसकिएको बताए । पछिल्लो पटक उनी सुन्दरीघाट नजिकको देखिएको खुलेको छ । त्यसैलाई आधार बनाएर खोजतलास जारी राखिएको उनले बताए ।
उनको कोठामा ‘सुसाइड नोट’ पनि फेला परेको प्रहरी स्रोतको भनाइ छ । राई युट्युबमार्फत गीत सार्वजनिक गरेर चर्चामा आएकी गायिका हुन् । उनको ‘बारुद’ बोलको गीत युवा पुस्तामाँझ लोकप्रिय छ । उनले यो गीत माओवादी द्वन्द्वलाई स्मरण गर्दै लेखेकी थिइन् । उनका नेपाली र अंग्रेजीका कभर गीतहरु पनि चर्चित छन् । उनी लामो समय बेलायत बसेर नेपाल फर्किएकी थिइन् ।
सम्बन्धित










दुई संसदीय समितिको बैठक बस्दै
गोकुल बास्कोटाको कटाक्ष : चुनाव हुँदैन भन्देै दलहरु भित्रभित्रै समानुपातिक उमेदवार नाम बटुल्दैछन्
चलचित्र जाँचसम्बन्धी कार्यविधिप्रति चलचित्रकर्मी असन्तुष्ट
कस्तो छ आज देशभरको माैसम ?
समानुपातिक उम्मेदवार बन्न पाउने र नपाउने : यस्ता छन् मापदण्ड
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
प्रतिक्रिया