पाकिस्तान पुगेर जोलीले भनिन्—मैले यस्तो कहिल्यै देखेकी थिइन्

इस्लामाबाद । हलिउड स्टार तथा मानवतावादी एन्जेलिना जोलीले पाकिस्तानको बाढी प्रभावितलाई अन्तर्राष्ट्रिय सहयोगका लागि आह्वान गरेकी छिन् । बाढीग्रस्त पाकिस्तानको भ्रमणपछि उनले यस्तो आह्वान गरेकी हुन् ।
पछिल्लो सरकारी तथ्यांकअनुसार पाकिस्तानमा अभूतपूर्व मनसुनी वर्षाले देशको एक तिहाइ भागमा बाढी आएको छ र १६ सय जनाको मृत्यु भएको छ । बाढीबाट ७० लाखभन्दा बढी मानिस प्रभावित भएका छन् । बाढीका कारण मानिसहरुलाई सफा पिउने पानीको अभाव हुनुका साथै विभिन्न संक्रामक रोग फैलिएको छ । बाढीपछि प्रभावित केही क्षेत्रमा डेंगुको प्रकोप बढेको छ ।
पाकिस्तानमा अहिलेको अवस्था आफूले कहिल्यै नदेखेको उनले बताइन् । ‘मैले यस्तो कहिल्यै देखेकी थिइन’, प्रभावित क्षेत्रका वासिन्दासँग जोलीले भनिन् । जोलीले यसअघि सन् २०१० को बाढी र २००५ को विनाशकारी भूकम्पका पीडितहरूलाई भेट्न पाकिस्तान गएकी थिइन् ।
जलवायु परिवर्तनले अहिलेको अवस्था सृजना गरेको उनले संकेत गरिन् । शरणार्थीका लागि संयुक्त राष्ट्रसंघीय उच्चायुक्त को प्रतिनिधित्व गर्ने जोलीले दक्षिणी सिन्ध प्रान्तको बाढी प्रभावित क्षेत्रको भ्रमण गरेकी थिइन् । एजेन्सी










गैरमुस्लिम विदेशीका लागि साउदी अरबमा रहेकाे एकमात्रै मदिरा पसलमा ग्राहककाे भिड
बालुवाटारमा प्रधानमन्त्री कार्की र रास्वपा सभापति रवि लामिछाने भेटवार्ता जारी
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
निर्वाचनको तयारीबारे भोलि प्रधानमन्त्रीसहितको सर्वपक्षीय छलफल
गहना चोरी गरी बिक्री गर्ने दुई जना पक्राउ
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
प्रतिक्रिया