‘खल्ती’ आइयसओ २७००१ : २०१३ द्वारा प्रमाणित

नेपालको प्रचलित अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी ‘खल्ती’ आइयसओ २७००१ : २०१३ द्वारा प्रमाणित भएको छ। खल्तीले आफूसँग सम्बन्धित सबै सरोकारवालाको डाटा सुरक्षा तथा संचालनलाई आइयसओ २७००१ : २०१३ प्रमाणिकरण गरेको हो। यस प्रमाणिकरण प्राप्त भए संगै अब खल्तीको संचन प्रकृया अझ पारदर्शी र सुरक्षित हुने अपेक्षा गरिएको छ।
आइयसओ २७००१ : २०१३ एक अन्तर्राष्ट्रिय सुरक्षा मापदण्ड हो जसले निजि तथा सरकारी कम्पनीले कसरी आफ्नो डेटा व्यवस्थापन गरिन्छ, सूचना सुरक्षा व्यवस्थापन प्रणालीलाई कार्यान्वयन गरिन्छ, कायम राख्ने र निरन्तर रूपमा सुधार गरिन्छ भन्ने सन्दर्भमा उत्कृष्ट अभ्यासहरू प्रस्तुत गर्दछ। खल्तीले सुरक्षित डाटा सुरक्षा व्यवस्थापन, उपलब्धता र उत्तरदायित्व कायम गर्न तथा सुरक्षा उल्लङ्घनलाई रोक्न र न्यूनीकरण गर्न प्रतिबद्ध रहने वाचा गरेको छ।
यस प्रमाणिकरण बारेमा बोल्दै खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने , “हामी आइयसओ २७००१ : २०१३ द्वारा प्रमाणित भए संगै खल्तीको सेवा र डाटा सुरक्षा प्रतिको प्रतिबद्धलाई अझै प्राथमिकता दिँदै साथमा लाग्ने विश्वास दिलाउन चाहन्छौ र साथै हामी प्रतिको यो विश्वासलाई कायम गर्दै अझै गुणस्तरिय सेवा प्रदान गर्न हामीलाई थप चुनौती थपिएको छ जुन पुरा गर्न हामी सदाभ प्रतिबद्ध छौं।”
यस कुरामा थप गर्दै खल्तीका प्रमुख प्रविधि अधिकृत/सहसंस्थापक ध्रुब अधिकारीले भने “प्रमाणीकरणले योग्य हाम्रो खल्तीमा उद्योग मानक सुरक्षा अभ्यासहरू, हामीले दैनिक रूपमा निर्माण गर्ने व्यापार प्रक्रिया र प्रविधिप्रति हाम्रो प्रतिबद्धतालाई समर्थन गर्दछ।”

















उपराष्ट्रपतिद्वारा शोक व्यक्त
हत्याको अभियोगमा पक्राउ
नाइजेरियामा भएको आक्रमणमा २३ जनाको मृत्यु, सय भन्दा बढी घाइते
राष्ट्रपतिद्वारा शोक व्यक्त
जनताको आशा र विश्वास कायम राख्न रास्वपा उपसभापति अर्यालको आग्रह
दुबई र अबुधाबीमा रहेका बन्दरगाह क्षेत्रहरू खाली गर्न नागरिकलाई इरानकाे चेतावनी
एमालेले टुंग्यायो १६ जना समानुपातिक सांसद (सूचीसहित)
कतारमा रहेका नेपालीलाई घर फर्किन चाहेमा सम्पर्क गर्न दूतावासको अनुरोध
रास्वपाले टुंग्यायो समानुपातिकका ५७ सांसदको नाम
प्रतिक्रिया