सिक्लेस हाइड्रोपावरको आईपीओ बाँडफाँट

काठमाडौं / सिक्लेस हाइड्रोपावर लिमिटेडले सर्वसाधारणको लागि निष्कासन गरेको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक बिओके क्यापिटलले मंगलबार बिहान ९ बजे शेयर बाँडफाँट गरेको हो।
मंगलबार भएको बाँडफाँटमा १ लाख ५ हजार ८०० जना आवेदकले १० कित्ताका दरले शेयर पाएका छन् भने आवेदन गर्ने १४ लाख ६ हजार ७३७ जना आवेदकको हात खाली भएको छ।
कम्पनीको आईपीओमा १५ लाख ३८ हजार ८३८ वटा आवेदनबाट १ अर्ब ७२ करोड ४४ लाख ३८ हजार रुपैयाँ बराबरको १ करोड ७२ लाख ४४ हजार ३८० कित्ता सेयरको लागि आवेदन परेको थियो। यो सर्वसाधारणलाई निष्कासन गरेको १० लाख ५८ हजार कित्ता सेयरको १६.२९ गुणा बढी हो ।
कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका ११ लाख ५० हजार कित्ता सेयर निष्कासनमा ल्याएको हो । त्यसमध्ये ३४ हजार ५०० कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि र ५७ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषहरुमा बाँडफाँट गरिएको छ । बाँकी १० लाख ५८ हजार कित्ता सेयर मात्रै सर्वसाधारणको लागि बाँडफाँट गरिएको छ।















रवि लामिछाने अस्पतालबाट डिस्चार्ज
इजरायली आक्रमणबाट लेबनानमा मृत्यु हुनेको संख्या ९००
एनआरएनए विश्व सम्मेलनको घोषणापत्रः लगानी, श्रमिक सुरक्षा र एकतामा जोड
नेपालको विकास र समृद्धिमा सक्रिय रूपमा सहभागी हुन गैरआवासीय नेपालीलाई प्रधानमन्त्री कार्कीको आह्वान
अब राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा
इरानमाथि सैनिक हमलामा ५० हजार भन्दा बढी अमेरिकी सैनिक संलग्नः पेन्टागन
दुबई र अबुधाबीमा रहेका बन्दरगाह क्षेत्रहरू खाली गर्न नागरिकलाई इरानकाे चेतावनी
राष्ट्रङ्घकाे बहुपक्षीय सहकार्य विस्तारमा नेपालको जोड
एमालेले टुंग्यायो १६ जना समानुपातिक सांसद (सूचीसहित)
रास्वपाले टुंग्यायो समानुपातिकका ५७ सांसदको नाम
प्रतिक्रिया