बिजी मलमा सुरु भयो ‘यामाहा फ्यान्टास्टिक दशैं तिहार योजना’

काठमाडौं । काठमाडौंको गोगंबुस्थित नयाँ बसपार्कमा रहेको बिजी मलले दशैंतिहार लक्षित उपहार योजना सुरु गरेको छ । ‘यामाहा फ्यान्टास्टिक दशैं तिहार, हरेक हप्ता उपहारै उपहार’ योजनाबाट ग्राहकले विभिन्न आकर्ष उपहार पाउने सक्नेछन् ।
चाडपर्वका बेला अधिकांशले सपिङ गर्ने भएकाले कुनै न कुनै उपहारसहित सामान उपलब्ध गराउनका लागि उपहार योजना सुरु गरिएको मलका निर्देशक राजु गिरीले बताए । उपहार योजनामा सहभागी हुन ग्राहकले बिजी मलमा रहेका कुनै पसल वा बसिल क्याफेमा कम्तीमा एक हजार रुपैंयाको सामान खरिद गर्नु पर्नेछ । सामान खरिद गरेपछि ग्राहकले पाउने उपहार कुपनका आधारमा साप्ताहिक तथा बम्पर उपहारको घोषणा प्रदान गरिने गिरीले जानकारी दिए ।

बम्पर उपहारमा गोलाप्रथाबाट एक जनालाई यामाहाको १२५ सीसीको रेजर स्कुटर प्रदान गरिने मेला संयोजक हिरामणी तिमिल्सनाले जानकारी दिए । यस्तै साप्ताहिक उपहारमा डिटिएच होम एप्लायन्सका वासिङ मेशिन, ग्यास एण्ड इलेक्ट्रिक हिटर, इलेक्ट्रिक ओभन, फ्रिज, राइसकुकर लगायतका सामानहरु उपहारको रुपमा पाउन सक्नेछन ।

असोज ६ गतेदेखि सुरु भएको यमाहा फ्यान्टास्टिक दशैं तिहार योजना आगामी कात्तिक ३० गतेसम्म सञ्चालन हुनेछ । मलमा विभिन्न घरायसी, विद्युतीय सामग्री, मोबाइल शोरुम, लत्ताकपडा, श्रृंगार तथा सौन्दर्य सामाग्री, रेष्टुरेण्ट, सिनेमा हल, बैंकको कार्यालय, एटीएम लाउञ्ज लगायत ५ दर्जन बढी पसलहरु सञ्चालनमा छन् ।















रवि लामिछाने अस्पतालबाट डिस्चार्ज
इजरायली आक्रमणबाट लेबनानमा मृत्यु हुनेको संख्या ९००
एनआरएनए विश्व सम्मेलनको घोषणापत्रः लगानी, श्रमिक सुरक्षा र एकतामा जोड
नेपालको विकास र समृद्धिमा सक्रिय रूपमा सहभागी हुन गैरआवासीय नेपालीलाई प्रधानमन्त्री कार्कीको आह्वान
अब राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा
इरानमाथि सैनिक हमलामा ५० हजार भन्दा बढी अमेरिकी सैनिक संलग्नः पेन्टागन
एमालेले टुंग्यायो १६ जना समानुपातिक सांसद (सूचीसहित)
दुबई र अबुधाबीमा रहेका बन्दरगाह क्षेत्रहरू खाली गर्न नागरिकलाई इरानकाे चेतावनी
राष्ट्रङ्घकाे बहुपक्षीय सहकार्य विस्तारमा नेपालको जोड
रास्वपाले टुंग्यायो समानुपातिकका ५७ सांसदको नाम
प्रतिक्रिया