दसैं मनाउन विदेशबाट फर्कंदै हुनुहुन्छ ? यी सामानमा पर्दैन भन्सार तिर्न
विदेशबाट आउँनेले साथमा कति रकम ल्याउँन पाउँछन् ?

काठमाडौं । दशैंमा घर आउँन लाग्नु भएको छ ? यदि दशैंमा आउँदा घर परिवारका लागि उपहार पनि पक्कै ल्याउँदै हुनुहुन्छ होला ? तर आफुले ल्याएको सामानको भन्सार लाग्छ कि लाग्दै वा कति लाग्छ त्यो बुझ्नुभयो भने तपाईलाई सजिलो पर्छ ।
यी सामाग्री ल्याउँदा भन्सार लाग्दैन ?
–औषधी, उपचार गराई फर्केका बिरामीले ल्याएका औषधी
-लुगाफाटा, बरबिछ्यौना, घर गृहस्थीका पुराना सामान
-एक-एक थान : ट्याब्लेट, ल्यापटप, कम्प्युटर, घडी, क्यामरा, भिडियो क्यामरा, सेलुलर मोबाइल फोन र पेन ड्राइभ
-शारीरिक रूपमा अशक्त यात्रुले सहाराको रूपमा प्रयोग गरेका सामान जस्तैः ह्विलचियर वा बैशाखी
-सुनको गहना ५० ग्रामसम्म, चाँदीको गहना पाँच सय ग्रामसम्म र एक लाख रुपैयाँ मूल्यसम्मको जवाहरातजडित सुनका वा चाँदीका साथमा ल्याएको गहना
-एक -एक थान : बच्चा राख्ने पेराम्बुलेटर र ट्राइसाइकल
-पेशागत यात्रुले प्रयोग गरी ल्याएको सामान्य प्रकारका सामान एक-एक थान जस्तैः डाक्टरका लागि ब्लड प्रेसर नाप्ने सामान्य यन्त्र, स्टेथेस्कोप, खेलाडीको खेलकुदसम्बन्धी सामान जस्तै फुटबल, भलिबल, ब्याडमिन्टन सेट। गवैयाको सामान्य बाजा (जस्तैः गितार हार्मोनियम, तबला, जस्ता सामानहरू)
-सात किलोग्रामसम्म खाद्य परिकार
-मदिरा एक लिटरसम्मको एक बोतल।
नेपालमा स्थायी बसोबास गर्ने नेपाली नागरिक विदेशमा गई नेपाल फर्कदा व्यक्तिगत प्रयोजनका देहाय बमोजिममा सबै वा कुनै मालसामान लाग्ने महशुल तिरी ल्याउन पाइन्छ।
यी सामाग्रीमा लाग्छ भन्सार महसुल ?
शरीरमा लगाउने (नयाँ) लुगाफाटा, जुत्ता, कस्मेटिक्स आदि बढीमा १५ थान
टेलिभिजन, म्युजिक सिस्टम, रेफ्रिजरेटर, वासिङ मेसिन, पंखा, रेडियो, एक-एक सेट
घरायसी प्रयोगका सामान्य किसिमका उपकरण (मिक्सर, जुसर, सिलाइ मेशिन, ग्यासटेबुल, इस्त्री, राइस कुकरजस्ता) दुईरदुई थान
दश किलोसम्म खाद्य परिकार
व्यवसायिक पेशामा लागेका (डाक्टर, इन्जिनियर जस्ता) यात्रुको दक्षता वृद्धिको लागि आवश्यक पर्ने सामान दुई-दुई थान
सीमाभन्दा बढी मूल्यको सामान भएमा बढी मूल्यमा प्रचलित आर्थिक ऐनअनुसार महशुल लाग्नेछ।
त्यसैगरी, यात्रुले ल्याउन पाउने निजी व्यवहारका सामान कुनै यात्रुले माथि लेखिएभन्दा बढी संख्या वा परिमाणमा ल्याएमा त्यस्ता यात्रुको अवस्था, परिवार संख्या, बसेको मुलुक र समयावधि समेतलाई ध्यानमा राखी भन्सार कार्यालयका प्रमुखले औचित्य हेरी लाग्ने समदरको महसुल लिई जाँचपास गर्ने स्वीकृति दिन सकिने भन्सार विभागले जनाएको छ।
कति बर्ष विदेश बसेकाले साथमा कति ल्याउँन पाउँने ?
छ महिनाभन्दा बढी एक वर्षसम्म विदेशमा बसी फर्केमा १५ हजार रुपैयाँसम्म
एक वर्षभन्दा बढी विदेशमा बसी फर्केमा २५ हजार रुपैयाँसम्म
कति काँचो सुन ल्याउँदा कति लाग्छ भन्सार महसुल ?
विदेशबाट फर्किएका यात्रुले ५० ग्रामसम्म सुन ल्याउँदा प्रतिदश ग्रामको नौ हजार पाँच सय रुपैयाँ, थप ५० ग्रामसम्म प्रतिदश ग्रामको दश हजार पाँच सय रुपैयाँ रुपैयाँ भन्सार शुल्क तिर्नुपर्ने व्यवस्था गरिएको छ।

















भक्तपुरमा आजैदेखि मतगणना गरिने
काठमाडौं क्षेत्र नं ३ मा ९ बजे सर्वदलीय बैठकपछि मतगणना गर्ने तयारी
अमेरिकी आधारहरूमा आक्रमण बढाउँदै इरान
Iranian drones hit Azerbaijan airport, near school
Israeli strikes killed eight people in south Lebanon : state media
सुरक्षा व्यवस्था चुस्त छ, निर्धक्क भएर मतदान गर्नुस् : सुरक्षा फौज
Why Tech Innovation Is Central to China’s 15th Five-Year Plan
राष्ट्रिय परिचयपत्र वा लाइसेन्स देखाएर पनि मतदान गर्न पाइने
जिल्ला प्रशासन कार्यालय काठमाडौँमा अस्थायी मतदान केन्द्र
जतिसक्दो छिटो बहराइन, जोर्डन र इराक छाड्न आफ्ना नागरिकलाई अमेरिकाको निर्देशन
प्रतिक्रिया