एफवान सफ्टको ग्रुप स्ट्राटेजी डाइरेक्टरमा डेनियल डि श्रेष्ठ नियुक्त

काठमाडौं । फिनटेक उद्योगमा नेपालकै अग्रणी एफवान सफ्ट ग्रुपको स्ट्राटेजी डाइरेक्टरमा डेनियल डि श्रेष्ठ नियुक्त भएका छन् । श्रेष्ठ लाई एफवान सफ्ट ग्रुपको सञ्चालक समितिको बैठकले स्ट्राटेजी डाइरेक्टरमा नियुक्त गरेको हो । श्रेष्ठ यस अघि एफवान ग्रुप अन्तरगतको हेल्थ टेक भर्टिकल कोजेन्ट हेल्थमा सिइओको रुपमा र इसेवा मनि ट्रान्स्फरमा निर्देशकको रूपमा कार्यरत थिए ।
आफ्नो नयाँ जिम्मेवारी संहाल्दै डाइरेक्टर श्रेष्ठले भने ‘ एफवानसफ्ट अन्तरगतका कम्पनीहरुको अहिलेसम्म जुन कम्पिटेन्सी बनेको छ, यसमा थप नयाँ सिनर्जी ल्याउन र गु्रप लेवल ग्रोथको भिजन प्राप्त गर्ने दिशामा मैले काम गर्नेछु ’।
स्ट्राटेजिक म्यानेजमेन्ट र मार्केटिङ्गमा एमबीएसम्म अध्ययन गरेका श्रेष्ठ अब्बल व्यवस्थापकका रुपमा चिनिन्छन् । श्रेष्ठसँग फिनटेक, हेल्थटेक, रेमिट्यान्स् लगायतका क्षेत्रहरुको विभिन्न कर्पोरेटमा उच्च तहमा १३ वर्षभन्दा बढि काम गरेको अनुभव छ ।
सफट्वेयरको क्षेत्रमा ख्यातिकमाएको एफवान सफ्ट कम्पनी नेपालका ठुला आईटी कम्पनी मध्येको एक हो । सन् २००४ बाट सञ्चालनमा आएको एफवान सफ्टले वित्तिय क्षेत्रका सफट्वेयर निर्माण तथा उत्पादन गर्दै नेपाल लगायत विदेशी मुलुकमा बिक्री वितरण गर्दै आएको छ ।















रवि लामिछाने अस्पतालबाट डिस्चार्ज
इजरायली आक्रमणबाट लेबनानमा मृत्यु हुनेको संख्या ९००
एनआरएनए विश्व सम्मेलनको घोषणापत्रः लगानी, श्रमिक सुरक्षा र एकतामा जोड
नेपालको विकास र समृद्धिमा सक्रिय रूपमा सहभागी हुन गैरआवासीय नेपालीलाई प्रधानमन्त्री कार्कीको आह्वान
अब राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा
इरानमाथि सैनिक हमलामा ५० हजार भन्दा बढी अमेरिकी सैनिक संलग्नः पेन्टागन
दुबई र अबुधाबीमा रहेका बन्दरगाह क्षेत्रहरू खाली गर्न नागरिकलाई इरानकाे चेतावनी
एमालेले टुंग्यायो १६ जना समानुपातिक सांसद (सूचीसहित)
रास्वपाले टुंग्यायो समानुपातिकका ५७ सांसदको नाम
राष्ट्रङ्घकाे बहुपक्षीय सहकार्य विस्तारमा नेपालको जोड
प्रतिक्रिया