नेपाल बैंक र गोरखापत्र संस्थानबीच सम्झौता

काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड र गोरखापत्र संस्थानबीच बैंकिङ्ग कारोवार लगायतका विषयमा सहकार्य गर्ने सम्बन्धमा सम्झौता भएको छ । बैंकको प्रधान कार्यालयमा आयोजित एक समारोहमा नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारी र गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।
उक्त सम्झौता अनुसार दुबै संस्थाबीच सेवाग्राही कर्जा, तलब खाता खोल्ने, प्रतितपत्र, निक्षेप लगायत अन्य बैंकिङ्ग कारोवार, विज्ञापन तथा सूचना प्रकाशन सम्बन्धि विषयमा सहकार्य हुनेछ । हस्ताक्षर समारोहमा गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष सुवेदीले नेपालको पहिलो र गर्विलो इतिहास बोकेको बैंकसँग सहकार्य गर्न पाउदा निकैनै गर्व को अनुभूति भैरहेको धारणा व्यक्त गरे ।
उनले आगामी दिनमा यो सम्बन्ध थप मजबुत हुंदै जाने बिश्वास समेत व्यक्त गरे । बैंकका प्रमुख कार्यकारी अधिकृत अधिकारीले नेपालका पुराना र जनताको विश्वासका धरोहर बनिसकेका यी दुइ संस्थाबीच भएको सम्झौताले आफू अत्यन्त हर्षित बनेको धारणा राख्दै गोरखापत्र संस्थान र त्यहाँ कार्यरत सम्पूर्ण कर्मचारीहरूलाई सरल,सहज र प्रतिपस्पर्धी बैंकिङ्ग सेवा प्रदान गर्दै यो सम्बन्धलाई आगामी दिनमा थप प्रगाढ बनाउँदै लैजाने प्रतिबद्धता समेत उनले व्यक्त गरेका थिए ।
उक्त समारोहमा नेपाल बैंक लि. र गोरखापत्रसंस्थानका उच्च ब्यवस्थापनका पदाधिकारीहरू लगायत अन्य कर्मचारीहरूको पनि उपस्थिती रहेको थियो ।
नेपालभर २१९ शाखाहरू, १८६ एटीएम साथै ४९ वटा एक्टेन्सन काउन्टर मार्फत करिब २१ लाख ग्राहकहरूलाई वित्तीय सेवा पुर्याइरहेको बैंकले जनाएको छ ।















रवि लामिछाने अस्पतालबाट डिस्चार्ज
इजरायली आक्रमणबाट लेबनानमा मृत्यु हुनेको संख्या ९००
एनआरएनए विश्व सम्मेलनको घोषणापत्रः लगानी, श्रमिक सुरक्षा र एकतामा जोड
नेपालको विकास र समृद्धिमा सक्रिय रूपमा सहभागी हुन गैरआवासीय नेपालीलाई प्रधानमन्त्री कार्कीको आह्वान
अब राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा
इरानमाथि सैनिक हमलामा ५० हजार भन्दा बढी अमेरिकी सैनिक संलग्नः पेन्टागन
दुबई र अबुधाबीमा रहेका बन्दरगाह क्षेत्रहरू खाली गर्न नागरिकलाई इरानकाे चेतावनी
एमालेले टुंग्यायो १६ जना समानुपातिक सांसद (सूचीसहित)
राष्ट्रङ्घकाे बहुपक्षीय सहकार्य विस्तारमा नेपालको जोड
रास्वपाले टुंग्यायो समानुपातिकका ५७ सांसदको नाम
प्रतिक्रिया