एनसेलको चाडपर्व योजना ‘होम एन्ड अवे डेटा प्याक’

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले नौलो तथा आकर्षक ‘होम एन्ड अवे डेटा प्याक’ अफर सञ्चालनमा ल्याएको छ । दसैँ, तिहार र छठ पर्वको अवसरमा ल्याइएको प्याकमा ग्राहकले करसहित मात्र पाँच सय ९९ रुपैयाँमा ३० जिबी होम डेटा र ३० जिबी अवे डेटा गरी कुल ६० जिबी डेटा पाउँछन् । यो प्याक एनसेलले बिहीबार (असोज १३) बाट सञ्चालनमा ल्याएको हो । ग्राहकले सजिलै एस्ट्रिक्स १७१२३एस्ट्रिक्स ३० ह्यास डायल गरेर यो प्याक किन्न सक्छन् । यसैगरी, एनसेल एप र एनसेलको वेबसाइटमार्फत पनि यो प्याक लिन सकिन्छ ।
प्याकमा पाइने कुल ६० जिबी डेटामा ३० जिबीको होम डेटा ग्राहकले घरमा रहँदा प्रयोग गर्न पाउँछन् भने ३० जिबीको अवे डेटा घरबाहिर चलाउन सक्छन् । यो प्याकअन्तर्गत डेटा चलाउनका लागि ग्राहकले जुन स्थानमा रही यो प्याक सुचारु गर्छ, त्यही स्थानलाई होम लोकेसन मानिन्छ र अन्य स्थानलाई अवे लोकेसन मानिन्छ । ग्राहकले आफ्नो आवश्यकताअनुसार आफ्नो होम प्याकको स्थान परिवर्तन पनि गर्न सक्छन् र प्याकमा रहेको डेटाबाट फाइदा लिन सक्छन् । यो प्याक सुचारु भएपछि २८ दिनका लागि मान्य रहन्छ ।
यो डेटा प्याकको विशेषता भनेको प्याकमा रहेको डेटा भोलुम खपत भइसकेपछि प्याकको समयावधि रहेसम्म पेएजयुगो ९पेजी० दर लागू हुँदैन । होम एन्ड अवे डेटा प्याकमा रहेको डेटा सकिएमा ग्राहकले कुनै पनि अन्य डेटा प्याक खरिद गरी डेटा चलाउन सक्छन् ।
डेटा सेवालाई अझै सुलभ बनाउँदै आफ्ना ग्राहकका लागि नेपालमा नै पहिलोपटक यस्तो नौलो तथा आकर्षक प्याक ल्याउन पाएकामा हर्षित रहेको एनसेलले जनाएको छ । चाडपर्वका अवसरमा ल्याइएको यस प्याकले ग्राहकलाई घर होस् या बाहिर, देशको जुनसुकै स्थानमा रही शुभकामना आदान–प्रदान गर्न, चाडबाडको उत्साह तथा उमंगहरू साट्न र आफ्ना प्रियजन तथा साथीभाइसँग सहजै सम्पर्क रहिरहन मद्दत गर्छ ।















National Park provides relief to farmers affected by wild animals
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
चैत ५ गतेदेखि १९ सम्म कसरास्थित विक्रमबाबा पूजा
पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा पर्यटक सूचना केन्द्र सञ्चालन गर्दै
रास्वपाका सांसदहरुको अभिमुखीकरण आजदेखि
इरानमाथि सैनिक हमलामा ५० हजार भन्दा बढी अमेरिकी सैनिक संलग्नः पेन्टागन
दुबई र अबुधाबीमा रहेका बन्दरगाह क्षेत्रहरू खाली गर्न नागरिकलाई इरानकाे चेतावनी
एमालेले टुंग्यायो १६ जना समानुपातिक सांसद (सूचीसहित)
राष्ट्रङ्घकाे बहुपक्षीय सहकार्य विस्तारमा नेपालको जोड
कतारमा रहेका नेपालीलाई घर फर्किन चाहेमा सम्पर्क गर्न दूतावासको अनुरोध
प्रतिक्रिया