मंगलबार, चैत ३, २०८२

चाडपर्वमा विद्युत सेवा प्रवाहमा कमजोरी हुन नदिन ऊर्जामन्त्रीको निर्देशन

मेरोन्यूज २०७९ असोज १४ गते १५:२४

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले चाडवाडको समयमा विद्युत प्राविधरणले उपलब्ध गराउँदै आएको सेवामा कुनै कमजोरी हुन नदिन निर्देशन दिएकी छिन् । मन्त्री भुसालले नेपालीका चाडपर्व शुरु हुन लागेको अवस्थामा सम्पूर्ण कर्मचारीहरु तिनका परिवार एवं आम जनताको प्रगतिको कामना पनि गरिन् ।

Advertisement
nepal life insurencenepal life insurence

प्राधिकरणका उच्च तहका कर्मचारीलाई शुक्रवार मन्त्रालयमा शुभकामना दिँदै मन्त्री भुसालले चाडपर्वमा अधिकांश कर्मचारीहरु विदामा बस्ने भए पनि आफूले चाडपर्व मनाउँदै गर्दा आम जनताको हितमा काम गर्न र अभिछिन्न विद्युत सेवा प्रवाह गर्न निर्देशन दिएकी हुन् ।

‘जनतालाई दिने सेवाप्रति कर्तव्यबोध गर्नुपर्छ । जुनसुकै समयमा सेवाको गुणस्तरीयता घट्नु भएन,’ भुसालले भनिन् । उनले थोरै समय विद्युत गयो भने जनतामा निराशा पैदा हुने उल्लेख गर्दै त्यस्तो हुन नदिन उच्च सतर्कता अपनाउन आग्रह गरिन् ।

सो अवसरमा विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कर्मचारीहरु जस्तोसुकै असहज परिस्थितीमा पनि सेवामा लागिरहेको र यस्ता चाडपर्वका समयमा अझै सक्रियता अपनाउनु पर्ने भएकाले त्यसै अनुसार लाग्न निर्देशन दिए ।

कार्यक्रममा विद्युत प्राधिकरणका उच्च अधिकारीको सहभागीता थियो ।

प्रतिक्रिया