बुधबार, फागुन २०, २०८२

एनआरएन युगान्डाको दशैँ सम्पन्न

मेरोन्यूज २०७९ असोज २२ गते ७:१९

काठमाडौं । गैर आवासीय नेपाली संघ युगान्डाले हरेक बर्ष हिन्दु धर्मावलम्बीहरुको महान पर्व बिजया दशमि संस्थाको गठन कार्यकाल देखि टिकाकै दिन गर्दै आइरहेको कार्यक्रमलाई निरन्तरता दिदै यस बर्ष पनि भब्यताको साथ सप्पन्न गरेको छ ।

Advertisement
nepal life insurencenepal life insurence

युगान्डाका लागि नेपाली अबैतानी बाणिज्य दूतावास को संग संगतमा गैर आवासीय नेपाली संघ युगान्डाले आयोजना गरेको यश कार्यक्रममा नेपालका विभिन्न रियालिटी सो हरुबाट अत्यन्तै चर्चा बटुलेकी नायिका, पत्रकार तथा कार्यक्रम संचालिका रिमा बिश्वकर्मा, भारतिय जि tb बाट संचालित रियालिटी सो सा रे गा मा पा लिटिल च्याम्प 2019 बाट दोस्रो स्थान हासिल गर्न सफल सबैको मनमुटुमा बस्ने गायक प्रीतम आचार्य, नेपाल आइडल तेस्रो संस्करण टप 8 बाट बाहिरिएर पनि करोडौंको मन मुटुमा बस्न सफल गायिका रचना रिमाल, कोभिडको समयमा नेपालको चर्चित गित फुलबुट्टे सारी भन्ने गितलाइ कभर गरि सम्पुर्ण नेपालीको मन जित्न सफल युगान्डन मोडेल तथा नायिका दि क्याप्टेन बियोन्से फामेसी को दमदार प्रस्तुति रहेको थियो ।

सो कार्यक्रमको सभपतित्व संघका अध्यक्ष बिनोद थापाले गरेको उक्त कार्यक्रमका प्रमुख अतिथी युगान्डाका लागि नेपालि अबैतानीक बाणिज्य दुत डाक्टर सुधिर रुपारेलिया हुनुहुन्थ्यो । रुपारेलिया यश कार्यक्रमका प्रमुख प्रायोजक पनि हुनुहुन्थ्यो भने । रमा कलेक्सन र अक्युरेट सेक्युरिटी कम्पनिले स्वर्ण क्याटोगोरीको प्रायोजन गर्नु भएको थियो । पित्तल क्याटोगोरिको प्रायोजनमा मेहेफिर क्यासिनो, मेघा इन्डस्ट्री, रिलायन्स सुपरमार्केट, क्रीयटिभ डिजाइन एन्ड प्रीन्ट्स ले गरेका थिए । त्यसै गरि इस्ट अफ्रीकन प्याकेजिङ लिमिटेड , युनिमनी तथा श्याम कृष्ण मानान्धरज्युले कन्ट्रीब्युसन क्याटोगरिको प्रायोजन गरेको थियो यसै गरि यसै कार्यक्रमको साखा अन्तर्गत कलाकार बिदाइ कार्यक्रमका लागि डिनर तथा कार्यक्रम ब्यवस्थापनमा कन्ट्रीब्युसन प्रायोजन अन्तरगत डिनर प्रायोजन हिमालयन रेस्टुरेन्ट एन्ड बारले गरेको थियो ।

अन्तर्राष्ट्रिय जगतमा नेपाली संस्कृतिको पर्बर्धन हेतु गरिएको उक्त कार्यक्रममा सम्भवतः अफ्रीका क्षेत्रमा पाकिस्तान एसुसियसन र इन्डियन एसुसियसनका पधाधिकारिलाइ निमन्त्रणा गरि एउटै छाताभित्र राखेर मनोरञ्जन गराउन सफल पहिलो कार्यक्रम हुनुको सथै स्थानिय केहि जनतालाइ पनि नेपाली सस्कृतिको पहिचान गराउन सफल भएको थियो ।

नेपाली सस्कृतिको पर्बर्धन हेतु टिका जमरा ग्रहण, बाल नृत्य, तथा विभिन्न सामुहिक नृत्य प्रस्तुती गरिएको थियो । बाल नृत्यमा अन्जिला श्रेस्ठ, प्रगती गिरि, बैदेही शर्मा, इशानी गैरे को जोरदार प्रस्तुति रहेको थियो भने अन्य सामुहिक नृत्यमा बर्षा छेत्री, तारा गिरि, ममता बम, रन्जता पंगेनी, सुनिता बोगाटी , कल्पना अर्याल तथा मुस्कान अर्यालले प्रस्तुति दिनु भएको थियो । त्यसैगरी रमा अर्याल भएको दुर्गा नृत्यले सबैको मन जित्न सफल भएको थियो । नेपाली राष्ट्रिय स्तरको गायनमा पाइला राखिरहनु भएका स्थानिय कलाकार द्वय तेजेन्द्र बिवस र रमेश कंडेलको पनि गायन प्रस्तुती रह्यो ।

यश कार्यक्रममा संघका अध्यक्ष बिनोद थापाले स्वागत मन्तब्य, डाक्टर सुधिर रुपारेलिया ले शुभकामना मन्तव्य, तथा पुर्ब अध्यक्ष जिभनाथ पंगेनीले ल्च्ल्ब् बारे तथा धन्यवाद मन्तब्य दिनु भएको थियो भने पुर्ब अध्यक्ष राजमणी भन्डारी ज्युलाइ यसै कार्यक्रम बिच आफ्नो कार्यकाल सफल पुर्बक सम्पन्न गरेको प्रती सम्मान गर्दै सम्मानपत्र हस्तान्तरण गरियो ।

यश कार्यक्रम सफल पार्न अहोरात्र खटेर निस्वार्थ काम गर्नुहुने तारा गिरि, वर्षा छेत्री, नरेन शर्मा, प्रेम श्रेष्ठ, रमा अर्याल, निकु केसि, सन्जिभ शर्मा , धनराज गिरि, तेजेन्द्र बिबस, तथा यश कार्यक्रममा विभिन्न समयमा भएका बैठकहरुमा उपस्थित भएर आफ्नो अमुल्य सुझाब पेश गर्नु हुने तेज बहादुर खड्का, राजु थापा, लगायत प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग गरिदिनु हुने तथा कार्यक्रम सफल बनाउन आफ्नो उपस्तिथि तथा सहभागिता जनाइदिनुहुने सम्पुर्ण जनहरुमा तथा मुख्य भुमिका निभाउनु हुने आमन्त्रित कलाकारहरूलाइ अर्को दिन भएको कलाकार बिदाइ कार्यक्रम बिछ बोल्दै अध्यक्ष बिनोद थापाले धन्यवाद तथा हर्दिक नमन टक्र्याउनु भयो ।

संगीत साधना इटहरीले आयोजना गरेको प्रीतमको साङ्गेतिक यात्रा सफल शुभकामना कार्यक्रम बिच इटहरिका मेयर हेमकर्ण पौडेलज्युले नेपाली अबैतानिक बाणिज्य दूतावासलाई पठाएको झन्डा प्रीतम द्वरा डा। सुधिर रुपारेलिया लाइ यसै कार्यक्रम बिच हस्तान्तरण भयो । यसको सम्मान स्वरुप इटहरी नगरपालिकालाई गैर आवासिय नेपाली संघ, युगान्डाले पनि मायाको चिनो प्रीतमको बुवा आदरणीय काशीनाथ आचार्य मार्फत पठाएको छ ।

प्रतिक्रिया