गगनसिंह थापाको आठौं कृति ‘अस्ताचलको ढोकाबाट’ बिमोचन

कैलाली ।आख्यानकार गगनसिंह थापाको आठौं कृति ‘अस्ताचलको ढोकाबाट’ उपन्यासको उनको गृहनगर टीकापुरमा एक कार्यक्रममा विमोचन गरिएको छ ।
उपन्यासको विमोचन गर्दै वरिष्ठ साहित्यकार रामलाल जोशीले थापाको लेखकिय शैलीलाई उनको कृति कर्णालीको छेउछाउ देखि नै आफुले पछ्याउँदै आइ रहेको छु भने । सूदुर पश्चिम र कर्णाली क्षेत्रको भाषा, संस्कृति र सभ्यतालाई थापाका कृतिहरुले मुलधारमा लगेको र आफुहरुले त्यसलाई अगाडि बढाउन प्रयास गरिरहेको उनले बताए ।
अस्ताचलको ढोकाबाट कृति संस्मरण र उपन्यासको उच्च काब्यिक समिश्रण रहेको र यसमा लेखकले आफ्नो मृत्यु पछिको अलौकिक स्वप्न यात्रालाई पुर्वीय दर्शनमा टिक्दै जिवन्त कथा बनौट गरेको पाइन्छ , प्रा. डा.धनकृष्ण उपाध्यायले पुस्तक माथी समिक्षा गर्दै उक्त अवसरमा बताए । वास्तबमै यो कृति नेपाली साहित्यका लागि नृसिंह अवतार हो ।
देवकोटा साहित्य कला परिवारका अध्यक्ष बलबहादुर रावलको सभापतित्वमा सम्पन्न कार्यक्रममा साहित्यकारहरु कर्णबहादुर थापा , धनन्जय तिमिल्सिना ,टीकापुर विकास समितिका पुर्व अध्यक्ष मिनबहादुर रावल, स्व. थापाका छोरा हिक्मत थापा र छोरी पदमिनी थापाले समेत थापाको ब्याक्तित्व र कृति माथी आफ्ना मन्तव्य राखेका थिए भने कार्यक्रमको सहजीकरण पत्रकार परमानन्द पाण्डेले गरेका थिए ।
स्वर्गीय साहित्यकार थापाका सोह्र सौगात (कथा सङ्ग्रह ,२०३५),कर्णालीको छेउछाउ (उपन्यास ,२०७१) , पुर्खाको चिट्ठी (उपन्यास ,२०७२),मेरो मधुशाला (उपन्यास , २०७४), उज्ज्वली (लघु उपन्यास, २०७६), महाप्रलय (उपन्यास , २०७७) र मरुभूमिकि महारानी (लघु उपन्यास , २०७७) कृतिहरु प्रकाशित छन ।
















सरकारद्वारा अमेरिका–इरान युद्धविराम सम्झौताको स्वागत
बुटवल–नारायणगढ सडक अवरुद्ध
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर: डलरको मुल्य घट्यो
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
इरान युद्ध र ट्रम्पको अल्टिमेटमबारे रुस र चीनका विदेशमन्त्रीको वार्ता
फेवाताल जग्गा प्रकरणमा आफू ठगिएको गृहमन्त्री गुरुङको दावी
प्रतिक्रिया