मानव स्तनको दुधमा पहिलो पटक माइक्रोप्लाष्टिक फेला

रोम, २४ असोज । इटालीका वैज्ञानिकहरूले पहिलो पटक मानव स्तनको दुधमा माइक्रोप्लास्टिक फेला पारेको बताएका छन् । यससँगै शिशुहरूको स्वास्थ्यबारेमा विशेषज्ञमा चिन्ता बढाएको छ ।
इटालीमा बच्चा जन्माएको एक सातापछि ३४ स्वस्थ आमाहरूले दुधको नमूनाको अध्ययनपछि वैज्ञानिकहरूले तीमध्ये तीन चौथाइमा प्लास्टिकका साना कणहरू पत्ता लगाएको द गार्डियनले जनाएको छ ।
अनुसन्धानकर्ताहरूको टोलीले शिशुहरू रासायनिक प्रदूषणबाट कमजोर रहेको र थप अनुसन्धान तुरुन्तै आवश्यक भएको उल्लेख गरे ।तर, उनीहरूले प्रदूषित माइक्रोप्लास्टिकको उपस्थितिले हुने हानीभन्दा स्तनपानको फाइदाहरू धेरै हुने विषयमा जोड दिए ।
माइक्रोप्लास्टिक भनेको ५ मिलिमिटरभन्दा कम लम्बाइको कुनै पनि प्रकारको प्लास्टिकको टुक्रा हो । अघिल्लो अनुसन्धानले मानव कोशिका रेखाहरू, प्रयोगशाला जनावरहरू र समुद्री वन्यजन्तुहरूमा माइक्रोप्लास्टिकको विषाक्त प्रभाव देखाएको थियो।
अब, पछिल्लो अध्ययनसँगै वैज्ञानिकहरूले माइक्रोप्लास्टिकका कारण उत्पन्न हुने जोखिमहरू प्रकाश पारेका छन् ।
गार्जियनका अनुसारका आफ्नो अध्ययनमा वैज्ञानिकहरूले प्लास्टिक प्याकेजिङ र समुद्री खानामा आमाको खाना र पेय पदार्थको खपत भएको पाएका थिए ।
















प्रतिनिधिसभा सदस्यका लागि तीन हजार ४०६ जना उम्मेदवार
बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता
राष्ट्र निर्माण एकल प्रयासबाट मात्रै सम्भव छैन : गृहमन्त्री
स्याङ्जामा चार जनाले लिए उम्मेदवारी फिर्ता
सिद्धार्थ बैंकका ग्राहकलाई आईएमई हस्पिटालिटी ग्रुपमा १०% सम्मको छुट
विश्वकप तयारी : पहिलो अभ्यास खेलमा श्रीलंकासँग नेपाल पराजित
देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र
टी–२० विश्वकपका खेलस्थल सार्न बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार
भक्तपुरमा पुरानालाई नयाँको चुनौती : महेश बस्नेतसँग भिड्दै राजीव खत्री र दीपशिखा
पर्सा–३ मा एमालेका रूपेश पाण्डेद्वारा उम्मेदवारी दर्ता
प्रतिक्रिया