माओवादीका २९ नेता प्रतिनिधिसभाबाटै ‘रिङ आउट’
सभामुखसहित ४९ सांसदमध्ये १९ जना फेरि प्रतिनिधिसभाको चुनावी मैदानमा, १ जना समानुपातिक बन्दसूचीमा

काठमाडौं । २०७४ निर्वाचनपछि नेकपा माओवादी केन्द्रका ५३ सांसद प्रतिनिधिसभामा पुगेका थिए । प्रत्यक्षतर्फ ३७ र समानुपातिकतर्फ १६ जना माओवादीका सांसद थिए ।
तर, एमाले-माओवादी विभाजनपछि माओवादी केन्द्रका टोपवहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरी एमालेतिर लागेपछि माओवादीको प्रतिनिधिसभामा सिट संख्या घट्यो ।
४ जना सांसदको माओवादीले कारवाही गरेपछि पद नै गुमेपछि प्रतिनिधिसभामा माओवादीका ४९ जना सांसद रहे । जसमध्ये एक जना अग्निप्रसाद सापकोटा सभामुखको भूमिकामा रहेकाले माओवादी सांसदको संख्या ४८ मा झर्यो ।
मंसिर ४ मा फेरि प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन हुँदैछ । विगतमा समानुपातिक सांसद रहेकालाई माओवादीले फेरि दोहोर्याएर समानुपातिक सूचीबाटै सांसद नबनाउने मापदण्ड बनाएका कारण समानुपातिक तर्फका नेताहरुले फेरि प्रतिनिधीसभामा आउनका लागि कि प्रत्यक्षमै चुनावी भिडन्तमा उत्रनु पर्दथ्यो की, आगामी ५ वर्षका लागि चुप लागेर बस्नु पर्ने हुन्थ्यो ।
जसका कारण समानुपातिकमा रहेकालाई टिकट लिनै पर्ने बाध्यता थियो । यसमध्ये जम्मा तीन जनाले मात्र पार्टीका तर्फबाट प्रतिनिधसभाकै लागि पार्टीका तर्फबाट प्रत्यक्षमा टिकट पाए । यसरी टिकट पाउनेमा स्थायी समिति सदस्यत्रय रेखा शर्मा (दाङ २), पूर्व सभामुख समेत रहेकी ओनसरी घर्ती (काठमाडौं २) र अञ्जना विसंखे (काठमाडौं १०) मा उम्मेदवार बनेका छन् ।
माओवादीले कांग्रेस, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र लोकतानित्रक समाजवादी पार्टी (लोसपा) सँग चुनावी तालमेलका लागि गठबन्धन गरेका कारण अञ्जनाको टिकट धरापमा छ ।
सत्ता गठबनधनले बाँडफाँट गरेको सिट भागवन्डाका आधारमा शर्मा र घर्तीले दिएको उम्मेदवारी माओवादीकै भागवन्डामा नै रहेकोले गठबन्धनको यी दुई नेतृ आधिकारिक उम्मेदवार हुन् । तर काठमाडौं १० मा माओवादी केन्द्रबाटै उम्मेदवारी दर्ता गरेकी स्थायी समिति सदस्य अञ्जना विसंखेको हकमा भने उनी यतिवेला बागी छिन् । अर्थात, उनले उम्मेदवारी दिएको काठमाडौं १० सत्ता गठबन्धनले सिट बाँडफाँट लगाउँदा कांग्रेसको भागमा परेको छ । त्यहाँ कांग्रेसले राजन केसीलाई उम्मेदवार बनाएको छ ।
यस हिसावले अञ्जनाको उम्मेदवारी धरापमा छ । २०७४ को चुनावपछि प्रतिनिधीसभामा रहेका अन्य दुई नेता अमृता थापामगर र चाँद तारा कुमारी भने प्रदेश सभाको प्रत्यक्ष तर्फको उम्मेदवार बनेका छन् ।
अमृता स्याङजा १ को (क) र चाँदतारा कुमारी पर्सा ४ (ख) को प्रत्यक्ष तर्फको उम्मेदवार बनेकी छिन् ।
२०७४ को चुनाव पछि प्रतिनिधिसभामा रहेका माओवादीका अन्य १८ (अञ्जना वाहेक) जना नेताले चुनावपछि प्रतिनिधीसभा छिर्नकै लागि प्रत्यक्ष तर्फको चुनावी मैदानमा उत्रेका छन् । दुई जना प्रदेश सभाको प्रत्यक्षमा उम्मेदवार बनेका छन् ।
प्रतिनिधीसभामा रहेका बाँकी काठमाडौं १० मा बागी उम्मेदवारी दिएकी (फिर्ता हुन सक्ने) अञ्जना विसंखे, सभामुखको भूमिकामा रहेका अग्नि सापकोटा सहित २८ जना नेताहरु भने आगामी ५ वर्ष प्रतिनिधीसभा तथा प्रदेशसभातर्फको संसदीय भूमिकामा रहने छैनन ।
त्यस्तो नेताहरुमा माओवादीका उपाध्यक्ष कृष्णवहादुर महरा, उपमहासचिव हरिबोल गजुरेल देखि सचिव राम कार्की (सुरेन्द्र) सम्मका नेताहरु पर्छन् । ०७४ मा सर्लाही ३ बाट निर्वाचन जितेर सांसद बनेका रामेश्वर राय यादव भने यसपटक माओवादीको समानुपातिक बन्द सूचीमा मधेसी पुरुष कोटामा पहिलो नम्बरमा बसेका छन् ।
उपाध्यक्ष तथा पूर्व सभामुख कृष्णवहादुर महराले प्रत्यक्ष र समानुपातिक दुवैमा बस्न रुची देखाएनन । उनी सुरुमा समानुपातिक सूचीमा बसेपनि पछि उनले लुम्बिनी प्रदेशमा छोरीलाई समानुपातिक सूचीमा राखेर आफु कतै नबस्ने र चुनाव नउठने निर्णय लिए ।
सभामुख अग्नि सापकोटाले युवा पुस्तामा नेतृत्व् हस्तान्तरण भनेर सिन्धुपाल्चोक जिल्ला इन्चार्ज समेत रहेका पार्टी पोलिटब्यूरो सदस्य भतिज माधव सापकोटा (सुवोध)लाई आफनो निर्वाचन क्षेत्र छोडिदिए । जुम्लाका गजेन्द्र हमालले अर्काे साथीलाई पालो दिने र आफुसाग चुनाव लड्ने पैसा नभएको भन्दै टिकटमा दावी नै गरेनन ।
टिकटमा आकांक्षी रहेका उपमहासचिव हरिबोल गजुरेल र सचिव राम कार्कीले भने टिकट नै पाएनन ।
यी नेता हुँदैनन् चुनावपछि प्रतिनिधिसभामा
इन्दुकुमारी शर्मा
कमला रोका
कृष्णवहादुर महरा
गजेन्द्र बहादुर महत
गंगा बहादुर तामाङ
चुडामणि खड्का
जयपुरी घर्ती
टेक वहादुर बस्नेत
दिल कुमारी
दुुर्ग वहादुर राउत
दुर्गाकुमारी विश्वकर्मा
धर्मशिला चापागाईं
पूर्णकुमारी सुवेदी
यशोदा सुवेदी गुरुङ
रामकुमारी चौधरी
बोधमाया कुमारी यादव
शशि श्रेष्ठ
श्याम कुमार श्रेष्ठ
सन्तकुमार थारु
सुरेन्द्रकुमार कार्की
सुरेश चन्द्र दास
हरिबोल गजुरेल
हरिराज अधिकारी
हेमकुमार राई
सत्या पहाडी
सुरेश कुमार राई
अग्नि सापकोटा (सभामुख)
यी नेता भिड्दैछन् फेरि प्रत्यक्षमै चुनाव
सुदन किराँती
अमनलाल मोदी
शिवकुमार मण्डल
मातृका प्रसाद यादव
गिरिराजमणि पोखरेल
हितवहादुर तामाङ
पम्फा भुसाल
पुष्पकमल दाहाल प्रचण्ड
देवप्रसाद गुरुङ
देवेन्द्र पौडेल
चक्रपाणि खनाल
बर्षमान पुन
महेश्वर राज गहतराज
शक्ति वहादुर बस्नेत
जनार्दन शर्मा
बीना मगर
रेखा शर्मा (पहिले समानुपातिक, अहिले प्रत्यक्ष उम्मेदवार)
ओनसरी घर्ती (पहिले समानुपातिक अहिले प्रत्यक्ष उम्मेदवार)
अञ्जना विसंखे (गठबन्धनको आधिकारिक नभइसकेको)
समानुपातिक बन्द सूचीमा
रामेश्वर राय यादव
यी नेता झरे प्रदेश
अमृता थापा मगर (गण्डकी प्रदेशमा प्रत्यक्ष उम्मेदवार)
चाँद तारा कुमारी (मधेस प्रदेशमा प्रत्यक्ष उम्मेदवार)

शितल शर्मा
मेरोन्यूजकर्मी शर्मा राजनितिक र समसामयीक विषयमा कलम चलाउछन् ।














Parties have been cooperating when nation faces difficulties: NCP Coordinator Dahal
80.70 billion cubic metres gas deposit confirmed in Jaljale, Dailekh
प्रतिनिधिसभा निर्वाचनः डडेल्धुरामा गढ जोगाउन प्रयास गर्दै कांग्रेस
डडेल्धुरामा गढ जोगाउन प्रयास गर्दै कांग्रेस
माल्दिभ्समा नेपाली समुदायको निःशुल्क स्वास्थ्य परीक्षण तथा कन्सुलर सेवा शिविर सम्पन्न
सिरहा कारागारभित्र कटुवा पेस्तोल र गोली बरामद, नाइकेसहित १३ जना नियन्त्रणमा
कसैलाई गाली नगराैं, निर्वाचनमा एकढिक्का भएर पार्टीलाई जिताउन लागौँ : उपभापति शर्मा
आगामी निर्वाचनबाट प्रदेशलाई सबल र देशलाई सम्मुन्नत बनाउँछौँः सभापति थापा
संविधान पुनरावलोकनका विषयमा प्रधानमन्त्री कार्कीलाई कानुन आयोगको जानकारी
प्रतिक्रिया