सयपत्री हाइड्रोपावरको सेयर कारोबार किन खुलेन ?
मेरोन्यूज
२०७९ असोज ३० गते १३:२२
काठमाडौं । आज सयपत्री हाइड्रोपावर लिमिटेडको सेयर स्पेसल प्रि–ओपन सेसनमा धितोपत्र दोस्रो बजारमा कारोबार खुलेन । सयपत्री हाइड्रोपावरको आईपीओ गत बिहीबार नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएको थियो । नेप्सेले यो कम्पनीलाई एसपीएचएल कारोबार संकेत प्रदान गरेको छ । पहिलो कारोबारका लागि प्रतिकित्ता न्यूनतम ६४।९६ रुपैयाँ र अधिकतममा १९४.८८ रुपैयाँ ओपनिङ रेन्ज तोकेको छ ।
तर, नेप्सेले तोकेको रेन्जभित्र आज स्पेसल प्रि–ओपन सेसनमा यो कम्पनीको सेयर किनबेच नभएका कारण नियमित समयका लागि खुल्न नसकेको हो । नेप्सेमा कम्पनीको कुल ३० लाख कित्ता सेयर सूचीकृत भएको छ । जसमा संस्थापक समूहको २१ लाख कित्ता, सर्वसाधारणको ६ लाख कित्ता र स्थानीयको ३ लाख कित्ता छन् । यो कम्पनीले गत साउन १३ गतेदेखि साउन १७ गतेसम्म आईपीओ बिक्री गरेको थियो ।
सम्बन्धित

















लुयानले ल्यायो सजिलो फाइनान्स सुविधा, नागरिकता कै भरमा स्कुटर किन्न सकिने
नेप्सेमा दोहोरो अंकको सुधार
पुराना पार्टीले गरेका गलत कामका कारण अहिलेको परिणाम : डोलप्रसाद अर्याल
‘अफ्रिकन स्वाइन फिभर’का कारण १२० बीस बङ्गुर मरे
जनताले विश्वास गरेका छन्, काम गरेरै देखाऔं : उपसभापति वाग्ले
दुबई र अबुधाबीमा रहेका बन्दरगाह क्षेत्रहरू खाली गर्न नागरिकलाई इरानकाे चेतावनी
कतारमा रहेका नेपालीलाई घर फर्किन चाहेमा सम्पर्क गर्न दूतावासको अनुरोध
रास्वपाले टुंग्यायो समानुपातिकका ५७ सांसदको नाम
मनकामना दर्शन गरेर फर्किंदै गरेको माइक्रोबस दुर्घटना : छ भारतीयको मृत्यु
ग्यास सिलिन्डर लुकाउने विक्रेतालाई ५० हजार जरिवाना
प्रतिक्रिया