‘एक देश, दुई प्रणाली’को नीतिमा राष्ट्रपति सीको प्रतिबद्धता, विस्तारवादमा संलग्न नहुने

काठमाडौँ । चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी)का महासचिव एवम् राष्ट्रपति सी चिनफिङले सुधारसहित एक देश, दुई प्रणालीको नीतिलाई कायम राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
चिनियाँ कम्युनिष्ट पार्टीको आज यहाँ शुरू भएको बीसौँ महाधिवेशनमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै उनले एक देश, दुई प्रणालीको नीति चिनियाँ विशेषतासहितको समाजवादको ठूलो आविष्कार हो, हङकङ र मकाउमा दिगो समृद्धि र स्थायित्व सुनिश्चित गर्न यो प्रणाली सबैभन्दा राम्रो संस्थागत व्यवस्था साबित भएको बताए ।
उक्त नीतिलाई दीर्घ कालीन रूपमा पालना गर्नु पर्ने जोड दिँदै त्यसलाई पूर्ण रूपले इमानदारी एवम् दृढताका साथ कार्यान्वयन गर्ने प्रतिबद्धता उनले व्यक्त गरे ।
हङकङ र मकाउमा कानुनमा आधारित शासन सुनिश्चित गर्न एक देश, दुई प्रणालीअन्तर्गत हङकङका जनताले हङकङको प्रशासन गर्ने र मकाओका जनताले मकाउको शासन गर्ने बताउँदै उनले दुवैलाई उच्च स्तरको स्वायत्तताका लागि सिपिसी प्रतिबद्ध रहने स्पष्ट पारेका थिए ।
महासचिव सीले दुवै क्षेत्र देशभक्तद्वारा प्रशासित भएको सुनिश्चित गर्न केन्द्र सरकारले समग्र अधिकार उपभोग गर्न दिने स्पष्ट गरे ।
हङकङ र मकाउको अर्थतन्त्र सबल बनाउन, त्यहाँका जनताको जीवनस्तरमा सुधार गर्न, आर्थिक एवम् सामाजिक विकासका समस्या समाधान गर्न तथा दुई विशेष प्रशासनिक क्षेत्रमा दीर्घकालीन समृद्धि र स्थिरता प्रवद्र्धन गर्न सहयोग गर्ने दृढता पनि महासचिव सीले व्यक्त गरे । उनले हङकङ र मकाउलाई चीनको समग्र विकासमा अझ राम्रोसँग समाहित गर्न चाहेको बताए ।
महासचिव सीले महाधिवेशनमा प्रस्तुत गरेको प्रतिवेदनअनुसार केन्द्र सरकारको समग्र क्षेत्राधिकार र विशेष प्रशासनिक क्षेत्रमा उच्च स्तरको स्वायत्तता सुनिश्चित हुनेछ भने केन्द्रीय अधिकारीहरूले हङकङ र मकाउमा कार्यकारी नेतृत्वको सरकारलाई समर्थन गर्ने छन् ।
कानुनमा आधारित प्रशासनको अभ्यास गर्न, उनीहरूको समग्र शासन र व्यवस्थापन क्षमता अभिवृद्धि गर्न तथा उनीहरूको न्यायिक र कानुनी प्रणालीमा सुधार गर्न दुई क्षेत्रका प्रमुख कार्यकारी र सरकारलाई केन्द्रबाट सहयोग हुने छ ।

‘हामी हङकङ र मकाउका बासिन्दालाई दुवै क्षेत्रप्रति सद्भाव राख्न, थप देशभक्त हुन र एक देश, दुई प्रणाली नीतिको समर्थनमा स्वदेश र विदेशमा फराकिलो संयुक्त मोर्चा बनाउन प्रेरित गर्ने छौँ, हङकङ र मकाउमा अराजकता सिर्जनाको प्रयास गर्ने चीन विरोधी तत्वहरूलाई कडा कारबाही गर्ने छौँ, हामी हङकङ र मकाउको मामिलामा बाह्य शक्तिहरूको हस्तक्षेप रोक्न र दृढ कदम चाल्नेछौँ,’ प्रतिवेदनमा भनिएको छ ।
चीन कहिल्यै विस्तारवादमा संलग्न नहुने
सिपिसीको २० औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रकै क्रममा राष्ट्रपति सीले चीन कहिले प्रभुत्व खोज्ने वा विस्तारवादमा संलग्न नहुने स्पष्ट पारेका छन् ।
चीन सबै प्रकारका आधिपत्यवाद र शक्ति राजनीति, शीतयुद्धको मानसिकता, अन्य देशको आन्तरिक मामिलामा हस्तक्षेप र दोहोरो मापदण्डको विरुद्धमा दृढतापूर्वक उभिएको र भविष्यमा पनि उक्त नीतिमा अडिग रहने उनले बताए ।
चीन विश्वशान्तिका निम्ति स्वतन्त्र विदेश नीति अवलम्बन गर्न दृढ रहेको, गुण र दोषका आधारमा वैश्विक विषयहरूमा आफ्नो अडान र नीति निर्धारण गरेको दोहोर्याउँदै महासचिव सीले चिनियाँ विदेश नीतिबाट देशको अन्तर्राष्ट्रिय सम्बन्धलाई नियन्त्रित गर्ने आधारभूत मान्यतालाई कायम राख्न तथा अन्तर्राष्ट्रिय निष्पक्षता एवम् न्यायको रक्षा गर्न मद्दत पुग्ने बताए ।











क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
देवघाट प्लाष्टिक निषेधित क्षेत्र
वाग्द्वारको शुद्ध जलले पशुपतिनाथलाई स्नान गराउन सम्भाव्यता अध्ययन गरिँदै
राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
रवि लामिछाने र बालेनबीच भेटवार्ता
प्रतिक्रिया