नेप्से परिसूचक ९.६९ अंकले गिरावट

साताको पहिलो कारोबार दिन आईतवार नेप्से परिसूचक करिव १० अंक घटेको छ । आईतबार नेप्से परिसूचक ९।६९ अंक घटेर १८६०।९४ विन्दुमा झरेको हो । सेन्सेटिभ इण्डेक्स १.७२ अंकले घटेको छ भने फ्लोट इण्डेक्स ०.७२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८५ अंकले घटेको छ । नेप्से कारोबारमा आएका २२१ कम्पनीको २५ लाख ७४ हजार कित्ता शेयर ८० करोड ३५ लाख २५ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ ।
आईतबार नेप्सेसँगै कारोबार रकममा पनि सामान्य गिरावट आएको छ । नेप्सेका १३ उपसमूहमध्ये ११ उपसमूहको परिसूचक ओरालो लागको छ भने दुई वटा उपसमूहको परिसूचक बढेको छ । जसमा आईतवार बैंकिङ र उत्पादन तथा प्रशोधन
उपसमूहको परिसूचक बढेको छ । बैंकिङ उपसमूहको परिसूचक ०।२५ प्रतिशत बढेको छ भने उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक ०.२८ प्रतिशत बढेको छ । विकास बैंक, वित्त, जलविद्युत, लगानी र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ ।
नेप्से ओरालो लागेपनि आईतवार अभियान लघुवित्तको शेयर भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । स्ट्याण्डर्ड चार्टर्ड बैंकको मूल्य ७.२५ प्रतिशत बढेको छ भने एभरेष्ट बैंकको मूल्य ५.१५ प्रतिशत बढेको छ । तर यता आजबाट नै कारोबारमा आएको पिपुल्स पावर कम्पनीको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सिटिजन्स बैंकको मूल्य ७ प्रतिशत घटेको छ । कारोबार रकमका आधारमा एभरेष्ट बैंकको ८ करोड ४७ लाख ५९ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।

















पुस्तक जलाएको घटनामा छानबिन गरी दोषीउपर कारबाही गर्न गृह मन्त्रालयको निर्देशन
लुयानले ल्यायो सजिलो फाइनान्स सुविधा, नागरिकता कै भरमा स्कुटर किन्न सकिने
नेप्सेमा दोहोरो अंकको सुधार
पुराना पार्टीले गरेका गलत कामका कारण अहिलेको परिणाम : डोलप्रसाद अर्याल
‘अफ्रिकन स्वाइन फिभर’का कारण १२० बीस बङ्गुर मरे
दुबई र अबुधाबीमा रहेका बन्दरगाह क्षेत्रहरू खाली गर्न नागरिकलाई इरानकाे चेतावनी
कतारमा रहेका नेपालीलाई घर फर्किन चाहेमा सम्पर्क गर्न दूतावासको अनुरोध
रास्वपाले टुंग्यायो समानुपातिकका ५७ सांसदको नाम
मनकामना दर्शन गरेर फर्किंदै गरेको माइक्रोबस दुर्घटना : छ भारतीयको मृत्यु
ग्यास सिलिन्डर लुकाउने विक्रेतालाई ५० हजार जरिवाना
प्रतिक्रिया