मंगलबार, चैत ३, २०८२

नेपाल भित्रियो ‘बोश’ ब्राण्डका घरेलु उपकरण

मेरोन्यूज २०७९ असोज ३१ गते १५:१२

काठमाडौँ । युरोपको सबैभन्दा ठूलो र चर्चित घरेलु उपकरण निर्माता कम्पनी बिएसएच होम अप्लायन्सेसको ‘बोश’ ब्राण्ड नेपाली बजारमा भित्रिएको छ । नेपालको परिचित लक्ष्मी ग्रुपअन्तर्गतको लक्ष्मी इलेक्ट्रो टेक प्रा.लि.सँगको साझेदारीमा बिएसएच होम अप्लायन्सेसले नेपालमा बोश ब्राण्ड सार्वजनिक गरेको हो ।

Advertisement
nepal life insurencenepal life insurence

बिएसएच होम अप्लायन्सेसले अबको दुई वर्षभित्र बोश ब्राण्डका घरेलु उपकरणलाई बजारमा विस्तार गर्ने योजना राखेको छ । कम्पनीले काठमाडौंस्थित कमलादीमा रहेको आइटी प्लाजामा बोशको अत्याधुनिक स्टोरको स्थापनासमेत गरेको छ ।

स्टोरमा बोशका उच्च गुणस्तरीय रेफ्रिजरेटर (फ्रिज), वासिङ मेसिन, डिशवाशर, मिक्सर ग्राइण्डर र थप उपकरणहरू प्रदर्शनी एवम् बिक्रीको लागि राखिएको छ । यी सबै जर्मन प्रविधिमा आधारित उपकरणहरू हुन् ।

ग्राहकहरू हरेक प्रकारको उपकरण खरिद गर्न सचेत छन् । यसबाहेक, ग्राहकहरू घरेलु उपकरणहरू खरिद गर्न कुनै सम्झौता गर्न चाहँदैनन् । यस्तो अवस्थामा बोशले नेपाली बजारमा प्रवेश गरेलगत्तै गुणस्तरीय सामग्री पाउने कम्पनीको विश्वास छ ।

नेपाली बजारमा बोश भित्र्याउँदै बिएसएच होम अप्लायन्सेसको भारत र सार्क राष्ट्रका लागि प्रबन्ध निर्देशक एवम् प्रमुख कार्यकारी अधिकृत निरज बहलले भने, ‘हामी नेपालमा प्रवेश गर्न पाउँदा निकै हर्षित छौं। सार्क राष्ट्रमा हाम्रो बजार विस्तार गर्ने रणनीतिको लागि यो एक महत्वपूर्ण कदम समेत सावित भएको छ ।’

उनले बिएसएच होम अप्लायन्सेसले नेपालको लक्ष्मी ग्रुपसँग सहकार्य गर्न पाएकोमा समेत खुशी व्यक्त गरे । ‘लक्ष्मी ग्रुपसँग साझेदारी गर्न पाउँदा हामी निकै बलियो महशुस गर्दै छौं,’ उनले भने ।

प्रबन्ध निर्देशक एवम् प्रमुख कार्यकारी अधिकृत निरज बहलका अनुसार यसका हरेक उपकरणहरू उपभोक्ता केन्द्रित हुनाले विश्व बजारले समेत बोश ब्राण्ड निकै रुचाएको छ ।

यसबाहेक बोश ब्राण्ड नेपाली बजारमा सार्वजनिक गर्दै र लक्ष्मी ग्रुपसँगको साझेदारीबारे लक्ष्मी ग्रुपका कार्यकारी निर्देशक निराकर श्रेष्ठ भन्छन्, ‘नेपाली उपभोक्ताहरूको लागि गुणस्तरीय घरेलु उपकरणहरू भित्र्याउने बिएसएच होम अप्लायन्सेससँग साझेदारी गर्न पाउँदा खुशी छौं। लक्ष्मी ग्रुप नेपाली बजारका लागि गुणस्तरीय उत्पादन र भरपर्दो सेवा प्रदान गर्न सधैं अग्रपंक्तिमा रहेको छ ।’

उनले बोश ब्राण्डका उपकरणहरूको गुणस्तरमा आफूहरू विश्वस्त रहेको बताउँदै सबै उपकरण उपभोक्ता केन्द्रित रहेको बताए ।

प्रतिक्रिया