मंगलबार, चैत ३, २०८२

बीवाइडीको ‘स्टेट अफ दि आर्ट शोरुम’ नारायणचौर नक्साल सुरु

मेरोन्यूज २०७९ असोज ३१ गते १६:३०

काठमाडौँ । बीवाइडीको आधिकारिक बिक्रेता साइमेक्स इन्कले आफ्नो पहिलो स्टेट अफ दि आर्ट शोरुम काठमाडौंको नारायणचौर नक्सालमा सञ्चालनमा ल्याएको छ । कम्पनीले आज भव्य कार्यक्रमको आयोजना गर्दै नयाँ शोरुम सञ्चालनमा ल्याएको हो ।

Advertisement
nepal life insurencenepal life insurence

यसअघि बीवाइडी पार्कको कन्सेप्टमा आधारित रहेर आफ्ना उत्पादन बिक्री गर्दै आएको साइमेक्स इन्कले नयाँ इलेक्ट्रिक एसयूभी एटो थ्री बजारमा उतारेसँगै नयाँ शोरुम सञ्चालनमा ल्याएको हो । नयाँ शोरुमको उद्घाटन कम्पनीका ब्राण्ड एम्बेस्डर हरिबंश आचार्य, चर्चित बैंकर अनिल शाह, साइमेक्स इन्कका प्रबन्ध निर्देशक यमना श्रेष्ठ लगायतको उपस्थितिमा भएको हो ।

शोरुम उद्घाटन गर्दै ब्राण्ड एम्बेस्डर आचार्यले विद्युतीय साधनको उपभोग बढाउन अपिल गरे । त्यसैगरी बैंकर शाहले विश्वकै चर्चित ब्राण्डका गुणस्तरीय उत्पादन बिक्री गर्न उत्कृष्ट शोरुम निर्माण गरेको भन्दै साइमेक्स इन्कलाई सफलताको शुभकामना दिए ।

शोरुमको शुभारम्भ गर्दै कम्पनीको प्रबन्ध निर्देशक यमना श्रेष्ठले भने, ‘सबैको माया र विश्वासको कारण हामी नयाँ मोडल र नयाँ संरचना निर्माण गरेर सेवा दिन तयार भएका छौँ, हामीले केही दिनअघि मात्रै पनि बिक्रीपछिको सेवा प्रदान गर्न गौरीघाटमा नयाँ सर्भिस सेन्टर सञ्चालनमा ल्याएका छौँ, त्यसले बीवाइडीको गाडी चढ्ने हरेक ग्राहकको आवश्यकता पूरा गर्ने छ ।’

साइमेक्स इन्कका सीइओ साहिल श्रेष्ठले नयाँ मोडल एटो थ्रीको विषयमा जानकारी दिँदै प्रिमियम इलेक्ट्रिक कार खोज्नेका लागि एटो थ्री उपयुक्त मोडल भएको जानकारी दिए । बीवाइडीले नक्सालमा बनाएको नयाँ शोरुम तीन हजार स्क्वायर फिटमा फैलिएको छ

नयाँ मोडल एटो थ्रीको बारेमा लामो समयदेखि ग्राहकले प्रतिक्षा गरिरहेको मोडल एटो थ्री बीवाइडीको ग्लोबल मोडल हो । विश्वका करिब ७० देशमा बिक्री गर्ने तयारी भइरहेको एटो थ्रीले विश्व बजारमा सफलता पाउन सुरु गरिसकेको छ ।

नेपाल आएको एटो थ्रीमा १५० किलोवाट क्षमताको मोटर र ६०.४ किलोवाट आवरको ब्लेड ब्याट्री दिइएको छ । एटो थ्रीले एकपटकको फुलचार्जमा ४२० किलोमिटर रेञ्ज प्रदान गर्ने डब्लूएलटीपीले प्रमाणित गरेको छ । सुरक्षाको लागि यसमा ७ वटा एयरव्याग, ३६० डिग्री क्यामेरा, डिजिटल भिडियो रेकडर, टायर प्रेसर मोनिटर, फ्रन्ट र रियर सेन्सर पाउन सकिन्छ ।

प्रतिक्रिया