टिभिएस बेजोड एक्सचेञ्ज मेलाको आयोजना सुरु

काठमाडौँ । नेपालका लागि टिभिएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले ‘टिभिएस ग्रेट ग्राण्ड एक्सचेञ्ज एण्ड फाइनान्स मेला’ नामका बेजोड तथा अद्भुत एक्सचेन्ज मेलाको आयोजना गरेको छ ।
आजबाट सुरु भएको मेला कार्तिक ५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा चल्ने छ । यस भव्य मेलामा ग्राहकहरुले कुनै पनि ब्राण्डका पुरानो बाइक तथा स्कुटर एक्सचेञ्ज गर्दा आर्कषक छुट तथा उपहारहरु पाउने छन् ।
यस मेलामा सहभागी हुने ग्राहकले आफ्नो पुरानो बाइक तथा स्कुटर एक्सचेञ्ज गरेर टिभिएसको दुई पाङ्ग्रे सवारी साधन लिँदा बजार मुल्यांकनभन्दा सात हजार बढीको मूल्य पाउने छन् । साथै नकिन्दै एक लाख र किन्दा १० लाखसम्मको नगद छुट व्यवस्था छ ।
यो योजनामा आर्कषक फाइनान्स अफर पनि समावेश छ । जसअन्तर्गत न्यूनतम २५ प्रतिशत डाउनपेमेन्ट र चार हजार २७७ को मासिक इएमआइमा बाइक तथा स्कुटर लिन सकिन्छ । यसबाहेक ग्राहकहरुले हेलमेट, बाइक कभर, र ब्याग जस्ता उपहार पनि प्राप्त गर्न सक्ने छन् । जगदम्बा मोटर्स प्रा लि नेपालमा टिभिएसका दुई पांग्रे सवारी साधनका लागि एक मात्र आधिकारिक वितरक हो ।
कम्पनीको नेपालभर १४० भन्दा बढी डिलरहरुको राष्ट्रव्यापी वितरण सञ्जालका साथ टिभिएसले बजारमा आफ्नो मजबुत पकड राख्न तथा ग्राहकहरूको मनमस्तिष्कमा उच्च स्थान जमाउन सफल छ ।

















एनआइसी एशिया बैंकको सम्पत्ति लिलाम बिक्री सम्बन्धी अनलाइन पोर्टल सार्वजनिक
रविको मुद्दा फिर्ताविरुद्धको रिट फेरि ‘हेर्दाहेर्दै’ मा, अर्काे सुनुवाइ पर्सि
अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान
२८ खर्ब ७८ अर्ब पुग्यो तिर्न बाँकी सार्वजनिक ऋण
पुस्तक जलाएको घटनामा छानबिन गरी दोषीउपर कारबाही गर्न गृह मन्त्रालयको निर्देशन
दुबई र अबुधाबीमा रहेका बन्दरगाह क्षेत्रहरू खाली गर्न नागरिकलाई इरानकाे चेतावनी
रास्वपाले टुंग्यायो समानुपातिकका ५७ सांसदको नाम
मनकामना दर्शन गरेर फर्किंदै गरेको माइक्रोबस दुर्घटना : छ भारतीयको मृत्यु
ग्यास सिलिन्डर लुकाउने विक्रेतालाई ५० हजार जरिवाना
जेनजी आन्दोलनका घाइतेको विवरण सार्वजनिक
प्रतिक्रिया