सामाजिक सञ्जाल किन प्रयोग गर्दैनन् सैफ अलि खान ? यस्तो रहेछ कारण

मुम्बई । बलिउडमा सेलिब्रेटीहरू आफ्नो व्यावसायिकदेखि निजी जीवनसँग जोडिएका कुराहरू सामाजिक सञ्जालमा अपडेट गरिरहन्छन् । उनीहरू आफ्नो प्रदर्शन हुन लागेको फिल्मको प्रचार पनि उत्तिकै गर्छन् ।
बलिउडमा सैफ अलि खान, रणवीर कपुर जस्ता कलाकार सामाजिक सञ्जाल प्रयोगमा जोड दिँदैनन् । अर्थात् उनीहरू प्रयोग गर्दैनन् । सैफले हालैमात्र सामाजिक सञ्जाल प्रयोग नगर्नुको कारण खुलाए । सैफ सामाजिक सञ्जालमा झुटो कुरा बढी बोल्नुपर्ने भएकाले पनि आफूले कहिल्यै यसको प्रयोग नगरेको खुलाउँछन् ।
‘मैले सामाजिक सञ्जालमार्फत फ्यानमाझ जोडिन प्रयास गरें, तर मैले एउटा पनि सही आइडी भेटिनँ । किनकि मेरो नामबाट पहिले कैयौं किसिमका एकाउन्ट बनिसकेका रहेछन् । सामाजिक सञ्जाल तनावपूर्ण स्थान हो । यहाँ धेरै झुटो कुरा बोल्नुपर्छ । सामाजिक सञ्जालमा अर्को व्यक्तिको तारिफ गर्न दबाब झेल्नु अर्को तनावपूर्ण काम हो’, उनले भनेका छन् ।
सैफले हालै रिलिज फिल्म ‘विक्रम वेधा’मा आफ्नो अभिनयका लागि तारिफ पाएका थिए । फिल्ममा उनी प्रहरी अधिकृतको भूमिकामा थिए । कामको कुरा गर्दा सैफ आगामी वर्ष फिल्म ‘आदिपुरुष’मा प्रभासका साथ देखिँदैछन् । जहाँ उनले रावणको भूमिका निर्वाह गरेका छन् ।
















नेपालगन्जमा कारको ठक्करबाट बालकको मृत्यु
सप्तरीमा आगलागीबाट १२ घरगोठ जलेर नष्ट
आजका लागि विदेशी मुद्राको विनिमयदर स्थिर
आज यी स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
अर्को साता हुने आफ्नो चीन भ्रमणअघि नै इरानसँग सम्झौता हुने ट्रम्पको दावी
यस्तो छ आज तरकारीको मूल्य
साउदी असहमतिपछि ट्रम्पको नौसैनिक योजना रोकियो
प्रतिक्रिया