तिहारमा ३ लाख थान माला भारतबाट आयात गरिने
'नेपाल ९० प्रतिशतसम्म तिहारको फूलमा आत्मनिर्भर छ'
मेरोन्यूज
२०७९ कार्तिक १ गते १२:२७

काठमाडौं। यो वर्ष तिहारमा २३ लाख २५ हजार स्वदेशी माला खपत हुने पुष्प व्यवसायीहरुले बताएका छन् ।
फ्लोरिकल्चर एसोसिएसनले तिहारका लागि २० लाख सयपत्री, ३ लाख मखमली र गोदावरीको २५ हजार थानसम्मको मालाहरु खपत हुने गरेको जानकारी दिएको छ ।
एसोसिएसनका अध्यक्ष मिनबहादुर तामाङले कोभिडमा घटेको फूलको मागमा वृद्धि भएको बताए । मागअनुसार अपुग हुने करिब ३ लाख थान माला भारतबाट आयात हुने उनले बताए । उनलेभने, ‘नेपाल ९० देखि ९१ प्रतिशतसम्म तिहारको फूलमा आत्मनिर्भर छ ।’
आव ०७८/ ०७९ मा नेपालले ३६ करोड ५ लाख रुपैयाँ बराबरको पुष्प तथा पुष्पजन्य वस्तुको आयात गरेको थियो । यो वर्ष १० देखि २० प्रतिशत फूलको उत्पादन बढेको पनि एसोसिएसनले जनाएको छ ।
सम्बन्धित

















एनआइसी एशिया बैंकको सम्पत्ति लिलाम बिक्री सम्बन्धी अनलाइन पोर्टल सार्वजनिक
रविको मुद्दा फिर्ताविरुद्धको रिट फेरि ‘हेर्दाहेर्दै’ मा, अर्काे सुनुवाइ पर्सि
अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान
पुस्तक जलाएको घटनामा छानबिन गरी दोषीउपर कारबाही गर्न गृह मन्त्रालयको निर्देशन
दुबई र अबुधाबीमा रहेका बन्दरगाह क्षेत्रहरू खाली गर्न नागरिकलाई इरानकाे चेतावनी
रास्वपाले टुंग्यायो समानुपातिकका ५७ सांसदको नाम
मनकामना दर्शन गरेर फर्किंदै गरेको माइक्रोबस दुर्घटना : छ भारतीयको मृत्यु
ग्यास सिलिन्डर लुकाउने विक्रेतालाई ५० हजार जरिवाना
अष्ट्रेलियामा शरण मागेका इरानी महिला फुटबल टोलीका ७ मध्ये ४ खेलाडी इरान फर्किँदै
प्रतिक्रिया