मंगलबार, चैत ३, २०८२

महालक्ष्मी विकास बैंकको लकर सुविधामा आकर्षक योजना

मेरोन्यूज २०७९ कार्तिक १ गते १३:३९

काठमाडौं । महालक्ष्मी विकास बैंकले लकर सुविधामा आकर्षक योजना ल्याएको छ । ‘सबल बैंक, सफल सहकार्य’को नारालाई आत्मसाथ गर्दै बैंकले २८ वर्षदेखि अनवरत रूपले सरल, सहज र गुणस्तरिय वित्तीय सेवा प्रदान गर्दै आइरहेको जनाएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

यही क्रममा बैंकले विशेष महाबचत खाता खोल्ने ग्राहकहरूको लागि लकर सुविधामा आकर्षक छुट योजना सार्वजनिक गरेको हो । योजनाअन्तर्गत कार्तिक र मंसिर महिनामा महाबचत खाता खोल्ने ग्राहकले लकर सेवाको वार्षिक शुल्क प्रथम वर्षमा शत प्रतिशत छुट प्राप्त गर्ने छन् ।

बैंकको दरबारमार्ग, पुतलीसडक, न्यूरोड काठमाडौँ, भैरहवा र न्युरोड पोखरा शाखा कार्यालयहरूमा लकरको सुविधा रहेको छ । हाल उपलब्ध लकर संख्या सिमित रहेकाले ग्राहकको आवश्यकताअनुसार लकर सेवा प्रदान गर्ने बैंकले जनाएको छ ।

उक्त योजनाअन्तर्गत खोलिने महाबचत खातामा लकर सुविधामा आकर्षक छुटका साथै बचत खातामध्ये सबैभन्दा उच्चतम (१० प्रतिशत) ब्याजदर, निःशुल्क एटीएम कार्ड तथा मोबाइल बैंकिङ्गलगायतका सुविधा रहेका छन् ।

प्रतिक्रिया