झापा पुगेका केपी शर्मा ओली बिरामी
मेरोन्यूज
२०७९ कार्तिक १ गते १९:१९

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बिरामी भएका छन् । गृह जिल्ला झापा पुगेका उनी अस्वस्थ भएका हुन् ।
उनलाई ज्वरो, रुघाखोकी लागेपछि दमक ९ स्थित निवासमा आराम गरिरहेको एमाले नेता तथा झापा ५ (ख)का उम्मेदवार हिक्मत कार्कीले जानकारी दिए ।
प्रेस चौतारी झापाले मंगलबार साँझ ओलीसँग पत्रकार सम्मेलन राखेको थियो । यद्यपि, उनी विरामी भएपछि सम्मेलनमा जान नसकेको कार्कीले बताए । ओलीलाई ज्वरो आएपछि अन्य आन्तरिक कार्यक्रम तथा भेटघाट स्थगित गरिएको छ।
अध्यक्ष ओली एमालेको तर्फबाट झापा ५ को प्रतिनिधिसभा उम्मेदवार हुन् । उनी मंगलबार झापा पुगेका थिए । उनी झापामा बिहीबारसम्म रहने छन् ।
उनी आफ्नो निर्वाचन क्षेत्र र जिल्लाका अन्य कार्यक्रममा सहभागी हुन पुगेका थिए । अस्वस्थ भएपछि उनी सीधै दमकस्थित निवासमा गएका हुन् ।
सम्बन्धित
















प्रतिनिधिसभा सदस्यका लागि तीन हजार ४०६ जना उम्मेदवार
बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता
राष्ट्र निर्माण एकल प्रयासबाट मात्रै सम्भव छैन : गृहमन्त्री
स्याङ्जामा चार जनाले लिए उम्मेदवारी फिर्ता
सिद्धार्थ बैंकका ग्राहकलाई आईएमई हस्पिटालिटी ग्रुपमा १०% सम्मको छुट
विश्वकप तयारी : पहिलो अभ्यास खेलमा श्रीलंकासँग नेपाल पराजित
देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र
टी–२० विश्वकपका खेलस्थल सार्न बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार
भक्तपुरमा पुरानालाई नयाँको चुनौती : महेश बस्नेतसँग भिड्दै राजीव खत्री र दीपशिखा
प्रतिनिधिसभा निर्वाचनः नेमकिपाले ५९ जिल्लामा दियो उम्मेदवारी
प्रतिक्रिया