सिटिजन्स बैंकको साधारण सभा शुक्रबार बस्ने

काठमाडौं । सिटिजन्स बैंकको कात्तिक ४ गते वार्षिक साधारण सभा बस्ने भएको छ । सभा अमृतभोग, कालिकास्थान डिल्लीबजार, काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुनेछ । साधारण सभामा कम्पनीले ९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पेस गर्नेछ । यसले १ अर्ब २७ करोड ८० लाख ८७ हजार रुपैयाँ (कर सहित) नगद लाभांश वितरणमा खर्च गर्नेछ । यस्तै, आर्थिक वर्ष २०७८–७९ को संञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनेछ ।
सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्था आपसमा गाभ्ने, गाभिने र प्राप्ति गर्न आवश्यक पर्ने सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि अनुमोदन गर्नेछ । त्यस्तै, आर्थिक वर्ष २०७९–८० का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने र बैंकको प्रबन्धपत्र संशोधन गर्ने एजेन्डा पनि छ ।
सभा प्रयोजनका लागि कम्पनीले असोज २८ गते बुक क्लोज गरिसकेको छ । असोज २७ गतेसम्म कायम रहेका सेयरधनी मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।

















पुस्तक जलाएको घटनामा छानबिन गरी दोषीउपर कारबाही गर्न गृह मन्त्रालयको निर्देशन
लुयानले ल्यायो सजिलो फाइनान्स सुविधा, नागरिकता कै भरमा स्कुटर किन्न सकिने
नेप्सेमा दोहोरो अंकको सुधार
पुराना पार्टीले गरेका गलत कामका कारण अहिलेको परिणाम : डोलप्रसाद अर्याल
दुबई र अबुधाबीमा रहेका बन्दरगाह क्षेत्रहरू खाली गर्न नागरिकलाई इरानकाे चेतावनी
कतारमा रहेका नेपालीलाई घर फर्किन चाहेमा सम्पर्क गर्न दूतावासको अनुरोध
रास्वपाले टुंग्यायो समानुपातिकका ५७ सांसदको नाम
मनकामना दर्शन गरेर फर्किंदै गरेको माइक्रोबस दुर्घटना : छ भारतीयको मृत्यु
ग्यास सिलिन्डर लुकाउने विक्रेतालाई ५० हजार जरिवाना
प्रतिक्रिया