बुधबार, वैशाख १६, २०८३

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णालीमा हुने

मेरोन्यूज २०७९ कार्तिक ३ गते ७:४३

काठमाडौं ।  कर्णालीमा पहिलो पटक बृहत राष्ट्रिय खेलकुद आयोजना हुने भएको छ। दुई वर्षपछि हुने दशौं संस्करणको राष्ट्रिय खेलकुद कर्णालीमा आयोजना हुने भएको हो। गण्डकी प्रदेशमा भइरहेको नवौँ राष्ट्रिय खेलकुदको समापनको पूर्वसन्ध्यामा दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति र स्थान तय गरिएको हो ।

Advertisement
NiccNicc

बैठकले दशौँ राष्ट्रिय खेलकुद वि।सं। २०८१ सालमा कर्णाली प्रदेशमा आयोजना गर्ने निर्णय गरेको छ । प्रतियोगिता २०८१ वैशाख अथवा मंसिरमा हुनेछ

प्रतिक्रिया