‘ऐना झ्यालको पुतली’ का निर्देशक सुजित बिडारीले सुर्खेतमा मास्टर क्लास दिने

काठमाडौं ।
‘ऐना झ्यालको पुतली’ का निर्देशक सुजित बिडारीले सुर्खेतमा फिल्मकर्मीलाई मास्टर क्लास दिने भएका छन् । सुजितले ११औँ संस्करणको नेपाल युरोपियन फिल्म महोत्सवमा अन्तिम दिन फिल्म मेकिङसम्बन्धी क्लास दिने भएका हुन् ।
नेपाल युरोपियन फिल्म फेस्टिभलको ११औँ संस्करण योपटक काठमाडौंसँगै पहिलोपल्ट सुर्खेतमा पनि हुँदैछ । सुर्खेतको मध्यपश्चिम विश्वविद्यालयमा चार दिन चल्ने फिल्म महोत्सवमा पाँच युरोपियन र तीनवटा नेपाली फिल्म प्रदर्शन हुनेछन् । यसरी प्रदर्शन हुने तीन नेपाली फिल्ममा सुजित बिडारी लिखित तथा निर्देशित ‘ऐना झ्यालको पुतली’ पनि रहेको छ । महोत्सव १९-२२ कात्तिकसम्म चल्नेछ ।
मास्टर क्लासमा आफ्नो अनुभव बाँड्न उत्साहित सुजितले महोत्सवको अन्तिम दिन फिल्म मेकिङसम्बन्धी आफ्नो ज्ञान बाँड्ने छन् । सुजितले २२ कात्तिकमा पहिलो प्रहरमै फिल्म बनाउन चाहिने कथादेखि त्यसलाई खिच्ने तरिकासम्मको बारेमा छलफल गर्ने जानकारी गराए । ‘मास्टर क्लासमा मैले फिल्म बनाउन चाहिने आइडियादेखि त्यो आइडियालाई कथा हुँदै पटकथामा रूपान्तरण गर्ने र अन्त्यमा त्यसलाई दृश्यमा रूपान्तरण गर्ने प्रक्रियाबारे आफ्नो अनुभव बाँड्नेछु,’ उनले भने ।
अस्कर कलेजबाट फिल्म मेकिङमा स्नातक सुजितले मास्टर क्लासको दौरानमा सर्ट फिल्म देखाउँदै अन्तक्र्रिया अगाडि बढाउने बताएका छन् । यो दौरानमा सुजितले आफू स्वयं निर्देशित ‘सावित्री’ सँगै विश्व प्रसिद्ध सर्ट फिल्म पनि देखाउने जानकारी गराए ।
नेपाल युरोपियन फिल्म महोत्सवको ११औँ संस्करण काठमाडौँमा भौतिक रुपमा ११ देखि १५ कात्तिकसम्म चलचित्र विकास बोर्डको हलमा चल्दैछ । अनलाइनमा २८ अक्टोबरदेखि २८ नोभेम्बरसम्म हेर्न पाइनेछ ।
















नेपालगन्जमा कारको ठक्करबाट बालकको मृत्यु
सप्तरीमा आगलागीबाट १२ घरगोठ जलेर नष्ट
आजका लागि विदेशी मुद्राको विनिमयदर स्थिर
आज यी स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
अर्को साता हुने आफ्नो चीन भ्रमणअघि नै इरानसँग सम्झौता हुने ट्रम्पको दावी
यस्तो छ आज तरकारीको मूल्य
साउदी असहमतिपछि ट्रम्पको नौसैनिक योजना रोकियो
प्रतिक्रिया