सञ्जय दत्तको साउथ मोह

मुम्बई / वलिउड अभिनेता सञ्जय दत्त आफ्नो फिल्मलाई लिएर चर्चाको पात्र बनिरहन्छन् । उनले बलिउडसँगै साउथका फिल्ममा पनि अभिनयको कमाल देखाइसकेका छन् ।
सञ्जय साउथ फिल्म ‘केजीएफ २’ मा महत्वपूर्ण भूमिकामा देखिएका थिए । उनको यो भूमिकालाई दर्शकले निकै मनपराएका थिए । यशको प्रमुख भूमिकामा अभिनय रहेको फिल्म बक्सअफिसमा सुपरहिट साबित भएको थियो ।
सञ्जय अर्को एक कन्नड फिल्ममा अभिनय गर्दैछन् । सञ्जयले बलिउडमा कैयौं हिट फिल्म दिएका छन् । उनले हालैमात्र बलिउडको आधारलाई बिर्सन नहुने बताउँदै साउथ फिल्मको निर्माण र शक्तिको तारिफ गरेका छन् ।
‘म अरु साउथ फिल्ममा काम गर्न चाहन्छु । साउथमा धेरै प्यासन र इनर्जीका साथ फिल्म बनाइँदैछ’, सञ्जयले भनेका छन् । सञ्जय कन्नड फिल्म ‘केडी–द डेविल’ काम काम गरिरहेका छन् ।
कन्नड फिल्म पछि सञ्जयको तमिल फिल्म पनि आउँदैछ । उनी फिल्म ‘थलापति ६७’बाट तमिल फिल्ममा पाइला चाल्दैछन् ।















नेपालगन्जमा कारको ठक्करबाट बालकको मृत्यु
आजका लागि विदेशी मुद्राको विनिमयदर स्थिर
आज यी स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
अर्को साता हुने आफ्नो चीन भ्रमणअघि नै इरानसँग सम्झौता हुने ट्रम्पको दावी
यस्तो छ आज तरकारीको मूल्य
साउदी असहमतिपछि ट्रम्पको नौसैनिक योजना रोकियो
प्रतिक्रिया