सञ्जय दत्तको साउथ मोह

मुम्बई / वलिउड अभिनेता सञ्जय दत्त आफ्नो फिल्मलाई लिएर चर्चाको पात्र बनिरहन्छन् । उनले बलिउडसँगै साउथका फिल्ममा पनि अभिनयको कमाल देखाइसकेका छन् ।
सञ्जय साउथ फिल्म ‘केजीएफ २’ मा महत्वपूर्ण भूमिकामा देखिएका थिए । उनको यो भूमिकालाई दर्शकले निकै मनपराएका थिए । यशको प्रमुख भूमिकामा अभिनय रहेको फिल्म बक्सअफिसमा सुपरहिट साबित भएको थियो ।
सञ्जय अर्को एक कन्नड फिल्ममा अभिनय गर्दैछन् । सञ्जयले बलिउडमा कैयौं हिट फिल्म दिएका छन् । उनले हालैमात्र बलिउडको आधारलाई बिर्सन नहुने बताउँदै साउथ फिल्मको निर्माण र शक्तिको तारिफ गरेका छन् ।
‘म अरु साउथ फिल्ममा काम गर्न चाहन्छु । साउथमा धेरै प्यासन र इनर्जीका साथ फिल्म बनाइँदैछ’, सञ्जयले भनेका छन् । सञ्जय कन्नड फिल्म ‘केडी–द डेविल’ काम काम गरिरहेका छन् ।
कन्नड फिल्म पछि सञ्जयको तमिल फिल्म पनि आउँदैछ । उनी फिल्म ‘थलापति ६७’बाट तमिल फिल्ममा पाइला चाल्दैछन् ।










वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क बढाउने निर्णय खारेज
३८ हजार सहकारी पीडितले बचत फिर्ता पाउने
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
समानुपातिकतर्फ पछिल्लो जनगणनाअनुसार समावेशी समूहको प्रतिशत निर्धारण हुने
सेयर कारोबारी दीपेन्द्र अग्रवाल फेरि पक्राउ
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
प्रतिक्रिया