फर्किन् चिनियाँ राजदूत होउ यान्छी
राजदूत होउ चार वर्षे कार्यकाल पूरा गरी आज स्वदेश फर्केकी हुन्

काठमाडौं । झन्डै चारवर्षे कार्यकाल पूरा गरी चिनियाँ राजदूत होउ यान्छी स्वदेश फर्केकी छिन । उनी मंगलबार बिहान ९ बजे हिमालय एयर H9874 बाट काठमाडौं-कुन्मिङ उडानबाट स्वदेश फर्केकी हुन ।
सन् २०१८ डिसेम्बरमा उनी नेपालका लागि राजदूत बनेर आएकी थिइन् । उनी राजदूत बनेर नेपाल आएपछि सन् २०१९ मा चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपालको ऐतिहासिक राजकीय भ्रमण गरेका थिए ।
राजदूत होउ चार वर्षे कार्यकाल पूरा गरी आज स्वदेश फर्केकी हुन् । चीन फर्किनु अघि उनले नेपालका प्रधानमन्त्री, राष्ट्रपति, परराष्ट्रमन्त्री, सभामुख र प्रमुख राजनीतिक दलका नेताहरूसग भेट् गरेकी थिइन् ।

राजदूत होउलाई चीनले बढुवा गरी दक्षिण पूर्व एसियाली राष्ट्रहरूको संगठन एसोसिएसन अफ साउथ इस्ट एसिएन नेसन्स(आसियान) क्षेत्रको राजदूतको रुपमा पठाउन लागेको छ ।
राजदूत होउ फर्केसँगै नयाँ राजदूतमा को आउने भन्नेबारे चीनले निर्णय गरिसकेको छैन ।
चिनियाँ कम्युनिस्ट पार्टीको २० औं महाधिवेशनले आइतबार मात्रै राष्ट्रपति सी चिनफिङलाई तेस्रो पटक महासचिव चयन गरेको र चीनको ७ सदस्यीय नयाँ स्थायी समितिले आन्तरिक र बाह्य नीति तय गर्ने क्रममा त्यसको प्रभाव छिमेकी नेपालमा पनि पर्ने देखिएकोले नेपालमा चीनले नयाँ राजदूत पठाउदा उच्च महत्व दिने सम्भावना छ ।
स्वदेश फिर्ता हुनुअघि राजदूत यान्छीले नेपालमा रहँदा गाँसिएको गहिरो मित्रताको आफूले सधैं कदर गर्ने विश्वास दिलाएकी छिन् ।
उनले सामाजिक सञ्जाल टिवट्टरमा भनेकी छिन् ‘कार्यकाल पूरा गरेर म मैत्रीपूर्ण र सुन्दर छिमेकी नेपाल छाडेर जाँदैछु। सम्पूर्ण नेपाली मित्रहरूमा हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु, नेपालमा रहँदा जीवनका सबै क्षेत्रका साथीहरूसँग गाँसिएको गहिरो मित्रताको म सधैं कदर गर्नेछु ।’

















कान्तिलोकपथ सडकमा ठोक्यिो ट्रक र स्कुटर, एक जनाको मृत्यु
ललितपुरमा दुई लाख ६९ हजार मतदाता, ७४ उम्मेदवार
सर्लाहीमा १५८ मतदानस्थल अतिसंवेदनशील
टीकापुर महोत्सवमा टिकट बिक्रीबाट ५० लाख आम्दानी
प्रधानमन्त्रीद्वारा संसद् भवनमा सहिदको सालिक राख्ने विषयमा जानकारी
प्यूठानमा रास्वपाबाट युवा अर्थशास्त्री सुशान्त वैदिकको उम्मेदवारी दर्ता
देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र
भक्तपुरमा पुरानालाई नयाँको चुनौती : महेश बस्नेतसँग भिड्दै राजीव खत्री र दीपशिखा
आज २०८२ साल माघ ६ गते मंगलबारको राशिफल
बालेनले बिहान ११ बजे, ओलीले दिउँसो १ बजे उम्मेदवारी दर्ता गराउँदै
प्रतिक्रिया