फिल्म निर्देशक शिवकुमार खुरानाको निधन

मुम्बई । फिल्म निर्देशक तथा निर्माता शिवकुमार खुरानाको निधन भएको छ । उनले ८३ वर्षको उमेरमा ब्रह्माकुमारी ग्लोबल अस्पतालमा अन्तिम श्वास फेरेका हुन् । उनको परिवारमा पत्नी र दुई छोरा छन् ।
शिव अभिनेता विनोद खन्नालाई फिल्ममा अभिनेताका रुपमा अनुबन्ध गराउने पहिलो निर्देशकका रुपमा चिनिन्छन् । उनले विन्दु दारा सिंहलाई पनि फिल्ममा सार्वजनिक गरेका थिए ।
शिवकुमारले ‘मिट्टी और सोना’, ‘फस्ट लव लेटर’, ‘बदनाम’, ‘बदनसीब’, ‘बेगुनाह’, ‘जालसाज’, ‘बेआबरू’, ‘सोने की जंजीर’, ‘इंतकाम की आग’ जस्ता फिल्म निर्देशन गरेका थिए । यीबाहेक ‘दगाबाज’, ‘हम तुम और वह’, ‘अंग से अंग लगाए’ जस्ता फिल्म निर्माण गरेका थिए ।
शिवले आफ्नो ३५ वर्षे फिल्मी करिरयरमा ठूला स्टारसँग काम गरे । विनोदलाई अधिकांश फिल्ममा भिलेनको भूमिकामा अफर आइरहँदा शिवले नै पहिलोपटक उनलाई आफ्नो फिल्ममा हिरोको भूमिकामा अनुबन्ध गरेका थिए ।










वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क बढाउने निर्णय खारेज
३८ हजार सहकारी पीडितले बचत फिर्ता पाउने
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
समानुपातिकतर्फ पछिल्लो जनगणनाअनुसार समावेशी समूहको प्रतिशत निर्धारण हुने
सेयर कारोबारी दीपेन्द्र अग्रवाल फेरि पक्राउ
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
प्रतिक्रिया