अमृता सिंह : टुट्यो विवाह, गुम्यो करियर

मुम्बई / बलिउड अभिनेत्री अमृता सिंह र अभिनेता सैफ अली खानले सन् १९९१ मा विवाह गरे । आफ्नो विवाहले यो जोडी दंग थिए, किनकी विवाहकै लागि उनीहरूले कैयौं निर्णय लिएका थिए ।
उमेरले सैफ अमृताभन्दा १४ वर्ष कान्छा थिए । करियरको मामलामा पनि सैफ र अमृताको करियर आकाश पातालको फरक थियो । अमृता स्टारडममा रमाइरहँदा सैफ भने करियर बनाउन संघर्षरत थिए ।
सैफ कामको खोजीमा थिए र जुन काम पाउँथे, त्यसको खासै महत्व हुँदैन थियो । तर, भाग्यमा जे पाउनु थियो, त्यो पाए । अमृतासँगकाे विवाहपछि सैफले करियर त बनाए, तर अमृताले के पाइँन ?
अमृतासँग विवाह गरेपछि सैफको भाग्यको ढोका खुल्यो । उनको सुस्त करियर तिब्र रुपले चल्न थाल्यो । उनले काम पाउन थाले, दर्शकले मन पराउन थाले । एक समय यस्तो पनि आयो कि सैफको ‘चार्मिङ लुक्स’ देखेर युवतीहरु मोहित भए ।
तर अमृताले के पाइँन् ? सैफसँग विवाह हुँदा उनी बलिउडकी जल्दोबल्दो अभिनेत्री थिइन् । दर्शकहरु उनलाई मनपराउँथे । ठूला स्टारसँग काम गरेपछि पाएको सफलताले उनी उत्साहित थिइन् । तर, सैफसँग विवाहपछि उनको करियरको उल्टो गिन्ती सुरु भयो ।
सैफसँग विवाह पछि २–३ वर्ष अमृता केही फिल्ममा मात्र देखिइन् । तर विस्तारै उनले फिल्म पाउन नै छाडिन् । घर परिवारको जिम्मेवारीमा परेपछि उनले फिल्मबाट दूरी बनाइन् ।
सैफको करियर चम्किइरहँदा अमृताको चमक भने फिका हुँदै गएको थियो । अन्ततः आमा बनेपछि अमृता सन् १९९५ देखि पूर्ण रुपमा फिल्मबाट टाढिइन् ।
जुन सम्बन्धका लागि अमृताले सबै छोडिन्, त्यो सम्बन्ध पनि लामो समय टिक्न सकेन । सैफ र अमृताको सम्बन्धमा आएको दरार पहिलाको जस्तो सन्तुलिन रहन सकेन । छोरा इब्राहिमको जन्मपछि दुवैको सम्बन्ध बिग्रियो र सन् २००४ मा दुवैले सम्बन्धविच्छेद गरे ।









राजधानीमै छैन पर्यटक बसको बसपार्क
चुनावमा नउठ्ने घोषणा गर्दै अष्टलक्ष्मीले भनिन्– ‘म नभई पार्टी चल्दैन भन्ने कुराबाट मुक्त होऔँ’
पुरानै संरचनामा फर्कियो एमाले, पदाधिकारी १९, स्थायी कमिटी यथावत
एमाले महाधिवेशनको बन्दसत्र सुरु हुने समय फेरि सर्याे
डेङ्गीको सङ्क्रमण घट्दो क्रममा
एसिया कप भोलिदेखि, नेपाली टोली युएइ पुग्यो
फाइनल पुग्न विराटनगरलाई लुम्बिनीले दियो १३५ रनको लक्ष्य
डडेलधुराबाट देउवाको नाम एकल सिफारिस
एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा
लुम्बिनीविरुद्ध पहिले फिल्डिङ गर्दै विराटनगर
प्रतिक्रिया