न्युजिल्यान्ड र इंग्ल्यान्ड भिड्दै

काठमाडौं । आईसिसी पुरुष टी-२० क्रिकेट विश्वकपअन्तर्गत मंगलबार दुई खेल हुँदैछन् । पहिलो खेलमा विहान सवा नौ बजे अफगानिस्तान र श्रीलंकाबीच प्रतिस्पर्धा हुँदैछ । खेल ब्रिस्वानमा हुनेछ । सुपर १२ अन्तर्गत समूह एक मा दुबै टोली पुछारमा छन् । दुबै टोलीको सेमिफाइनल सम्भावना निकै कमजोर बनेको छ ।
समान तीन खेल खेलको श्रीलंका २ अंक सहित पाँचौ र अफगानिस्तान पुछार तथा छैटौं स्थानमा छ ।
दोस्रो खेलमा इंग्ल्यान्ड र न्युजिल्यान्ड दिउसो पौने दुई बजे आमुनेसामुने हुनेछन् । दुई टोलीबीच सेमिफाइनल स्थान बनाउने निकै प्रतिस्पर्धा हुनेछ । जारी समूह एक को खेलमा न्युजिल्यान्ड पाँच अंक सहित शीर्षस्थानमा छ । इंग्ल्यान्ड तीन अंकसहित तेस्रो स्थानमा छ ।
आजको जितले न्युजिल्यान्डको सेमिफाइनल सम्भावना बढ्नेछ । हारले भने इंग्ल्यान्ड निकै कठिन मोडमा पुग्नेछ । एक खेल बढि खेलेको अस्ट्रेलिया पाँच अंक सहित दोस्रो स्थानमा छ । आज इंग्ल्यान्डले जितेको खण्डमा समूह एक को सेमिफाइनल समिकरण निकै रोचक बन्नेछ ।
















निर्वाचनमा प्रयोग नभएका ४० प्रतिशत मतपत्र धुल्याइने
पीएम कप : गण्डकीमाथि बागमतीको शानदार जित
मंगलबार पनि बढ्याे नेप्से, २३ अंकले बढ्दा १४ अर्ब ८३ करोडकाे काराेबार
कांग्रेसले जिम्मेवार भएर प्रतिपक्षको भूमिका निर्वाह गर्छः सभापति थापा
इराकमा हवाई आक्रमण,हसद अल–शाबीका १५ जना लडाकु मारिए
नेपाल एयरलाइन्सको भ्रष्टाचार छानबिन गर्न समिति गठन
इरानको धम्की : उर्जा क्षेत्रमा आक्रमण भए मध्य पूर्वका ऊर्जा र पानी केन्द्रमा जवाफी हमला
सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबै कर्मचारी अनुसन्धानमा
आजको मौसम पूर्वानुमान : यी प्रदेशमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना
इरानकाे नतान्ज आणविक केन्द्रमा भएकाे आक्रमणबारे रुसद्वारा अन्तर्राष्ट्रिय छानवीनको माग
प्रतिक्रिया