श्री गुरुङको प्रतिबद्धता- नेपाललाई दक्षिण एसियाको ‘पर्यटन राजधानी’ बनाउनेछु

काठमाडौं । प्रतिनिधिसभा सदस्य पदका लागि काठमाडौं–५ बाट स्वतन्त्र उम्मेदवारी दिएका श्री गुरुङले नेपाललाई दक्षिण एसियाको पर्यटन राजनधानी’ बनाउन पहल गर्ने संकल्प गरेका छन् ।
क्यामेरा चुनाव चिह्न लिएर प्रतिस्पर्धामा उत्रिएका उनले मतदातासँग आफू निर्वाचित भएपछि नेपाललाई दक्षिण एसियाको पर्यटन राजधानी बनाउन पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।
एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र कांग्रेसका प्रदीप पौडेलसँग प्रतिस्पर्धामा रहेका गुरुङले ‘पर्यटन नै सम्वृद्धिको आधार देशमा विकास र युवालाई रोजगार’ भन्ने नारासहित मतदातासँग मत मागेका छन् ।
नेपालको पर्यटन, प्रविधि, व्यापार र ऊर्जा प्रवद्र्धनमा जोड दिएका उनले चीन र दक्षिण एसियाली मुलुकहरुको समन्वय तथा लगानी अनि नेपालको निगरानी, स्वामित्व तथा कानुनी आधारमा अन्तर्राष्ट्रिय सुख्खा बन्दरगाहको निर्माण गर्ने बताएका छन् ।
नेपालको हिमालहरुमा जलवायु परिवर्तनको असरको मुद्दा विश्वव्यापीकरण गर्न पहल गर्ने उद्घोष गरेका श्री गुरुङले गाजा खेतीलाई पर्यटन, औषधीजन्य, कपडाजनइ तथा व्यापारिक प्रयोजनका लागि मापदण्डसहितको वैधानिकता दिन कानुन निर्माणमा जुट्ने प्रतिबद्धता जनाएका छन् ।
घरदैलोमा जाने क्रममा काठमाडौं–५ का मतदाताले देखाएको उत्साहले आफू निर्वाचित हुने दाबी गरेका उनले सीपमुलक शिक्षा, सफा अस्पताल, प्रविधियुक्त सरकारी सेवालाई आफ्नो एजेण्डामा समावेश गरेका छन् ।









जेनजी आन्दोलनका घाइते तथा सहिदका परिवारका मागभन्दा सरकार दायाँबायाँ जाँदैन : प्रधानमन्त्री
समग्र विकासका लागि एआई अपरिहार्य : सञ्चारमन्त्री खरेल
एनपीएलमा सुदूरपश्चिमकाे लगातार दोस्रो जित
कास्कीमा जेनजी प्रदर्शनका क्रममा आपराधिक गतिविधि गर्ने ५३ जनामाथि मुद्दा
धुर्मुसले किन पाउन सकेनन् रङ्गशालाको भुक्तानी ? भरतपुर महानगर यसाे भन्छ
आज २०८२ साल मंसिर ३ गते बुधबारको राशिफल
सरकारलाई ओलीकाे आग्रह : दुर्गा प्रसाईंलाई तुरुन्त रिहा गरियाेस्
यी हुन् मन्त्रिपरिषद्का २५ निर्णय
आज बालाचतुर्दशी, पशुपति क्षेत्रमा छरियो शतबीज (तस्बिरहरू)
आज २०८२ साल मंसिर ४ गते बिहीबारको राशिफल
प्रतिक्रिया