शाहरुखको पठानमा २५ तारिखको संयोग

मुम्बई । बलिउड अभिनेता शाहरुख खानको नयाँ फिल्म ‘पठान’ को टिजर बुधबार सार्वजनिक गरियो । फिल्ममा शाहरुखको जबरदस्त एक्सनलाई प्राथमिकता देखाइएको छ । फिल्ममा शाहरुखका अलावा दीपिका पादुकोण र जोन अब्राहम पनि देखिएका छन् ।
सिद्धार्थ आनन्दको निर्देशन रहेको फिल्म २५ जनवरी, २०२३ मा रिलिज हुँदैछ । तर सायद कमैलाई थाहा होला, २५ जनवरीमा रिलिज हुने यो फिल्मको अन्य तीन कुरा पनि २५ तारिखसँग जोडिएका छन् ।
फिल्म समीक्षक तरण आदर्शले आफ्नो ट्वीटर हेण्डलमा यो कुराको जानकारी दिएका छन् । उनका अनुसार शाहरुख फिचर्ड फिल्मको फस्टलुक २५ जुनमा, दीपिकाको फस्टलुक २५ जुलाई र जोनको फस्टलुक २५ अगष्टमा सार्वजनिक गरिएको थियो ।
यद्दपि फिल्मको टिजर भने शाहरुखको जन्मदिन पारेर बुधबार अर्थात नोभेम्बर २ मा सार्वजनिक गरिएको थियो । निर्माण पक्षले फिल्म ट्रेलर २५ डिसेम्बरमा क्रिसमसको मौका पारी रिलिज गर्ने तयारी गरिरहेका छन् ।
सन् २०१८ मा फिल्म ‘जीरो’ पछि शाहरुख ‘पठान’मार्फत दर्शकमाझ आउँदैछ । यो फिल्मबाहेक उनी एटली कुमारको ‘जवान’ र राजकुमार हिरानीको ‘डंकी’मा देखिँदैछन् । ‘जवान’ जून, २०२३ र ‘डंकी’ डिसेम्बर, २०२३ मा रिलिज हुँदैछ ।एजेन्सी









जेनजी आन्दोलनका घाइते तथा सहिदका परिवारका मागभन्दा सरकार दायाँबायाँ जाँदैन : प्रधानमन्त्री
समग्र विकासका लागि एआई अपरिहार्य : सञ्चारमन्त्री खरेल
एनपीएलमा सुदूरपश्चिमकाे लगातार दोस्रो जित
कास्कीमा जेनजी प्रदर्शनका क्रममा आपराधिक गतिविधि गर्ने ५३ जनामाथि मुद्दा
धुर्मुसले किन पाउन सकेनन् रङ्गशालाको भुक्तानी ? भरतपुर महानगर यसाे भन्छ
आज २०८२ साल मंसिर ३ गते बुधबारको राशिफल
सरकारलाई ओलीकाे आग्रह : दुर्गा प्रसाईंलाई तुरुन्त रिहा गरियाेस्
यी हुन् मन्त्रिपरिषद्का २५ निर्णय
दोस्रो संस्करणको एनपीएल : आज काठमाण्डु र सुदूरपश्चिम भिड्दै
आज बालाचतुर्दशी, पशुपति क्षेत्रमा छरियो शतबीज (तस्बिरहरू)
प्रतिक्रिया