बुधबार, चैत ४, २०८२

स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडमा जोडिए मिश्र

मेरोन्यूज २०७९ कार्तिक १८ गते १८:३२

काठमाडौँ । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले सर्वेन्द्र मिश्रलाई वित्तीय बजार तथा ट्रेजरी बजार प्रमुखको रूपमा नियुक्त छ ।

Advertisement
nepal life insurencenepal life insurence

मिश्रसँग देशका विभिन्न वाणिज्य बैंकमा कार्यकारी पदमा रहेर २४ वर्षभन्दा बढी बैंकिङ क्षेत्रमा काम गरेको अनुभव छ ।

बैंकमा आबद्ध हुनुअघि उनले सनराइज बैंकमा समूह कोषाध्यक्ष, ट्रेजरी फाइनान्सियल र ग्लोबल मार्केट्सको प्रमुखको रूपमा काम गरेका थिए ।

यस्तै, उनी सनराइज क्यापिटल लिमिटेडमा निर्देशक पनि थिए । नेपाल (फेडान) र हाल एसोसिएसन फर फाइनान्स प्रोफेशनल (एएफपी) बेथेष्डा, मेरिल्याण्ड, संयुक्त राज्य अमेरिकाको सक्रिय सदस्य छन् ।

प्रतिक्रिया