दक्षिण कोरियामा भागदौड : सरकारप्रति युवाहरुको आक्रोश

काठमाडौं । दक्षिण कोरियामा गत साता ह्यालोविन पर्वका क्रममा भागदौड हुँदा मारिएकाहरुको सम्झनामा पीडितका आफन्त राजधानी सियोलभर भेला भएर शोक मनाएका छन् । सेतो मैनबत्ती र कालो चिन्हहरू समातेका इटावन क्रसका शोकाकुल युवा राजधानीमा भेला भएका हुन् । सरकाप्रति आक्रोश व्यक्त गर्दै उनीहरुले न्यायको माग गरेका थिए ।
२९ अक्टोबरमा इटावन जिल्लामा ह्यालोविन उत्सवको समयमा भागदौड हुँदा १५६ जनाको मृत्यु भएको थियो । भागदौडमा दर्जनौँ घाइते भएका थिए । पीडितमध्ये अधिकांश युवा युवती थिए ।
घटनाको एक हप्ता पछि अधिकारीहरूले नगरपालिका कार्यालय र स्थानीय प्रहरी र दमकल स्टेसनहरूमा छापा मारेर अनुसन्धान सुरु गरेका छन्।
सो घटनाबारे राष्ट्रिय पुलिस प्रमुखले माफी मागेका छन् भने राष्ट्रपति यून सुक–योलले भविष्यमा भीड नियन्त्रण उपायहरू सुधार गर्ने वाचा गरेका छन् । तर सर्वसाधारणको आक्रोश भने थामि नसक्नु छ । एजेन्सी
















इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
नेपाली दूतावासको आयोजनामा पाकिस्तानमा मनाइयो बुद्ध जयन्ती
सुनचाँदीको मूल्यमा केही गिरावट
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
हर्क साम्पाङले मागे बालेनको राजिनामा
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
प्रतिक्रिया