विश्वकपअघि मेस्सीको गोलिगाँठामा चोट

काठमाडौं । कतार विश्वकप शुरु हुनु अगाडी अर्जेन्टिनी कप्तान लियोनल मेस्सी घाइते भएका छन् । उनको गोलीगाँठामा चोट लागेको छ । विश्वकप फुटबल सुरु हुन दुई साता मात्रै बाँकी हुँदा मस्सी घाइते भएका हुन
पेरिस सेन्ट जर्मनका खेलमा मेस्सी घाइते भएका कारण लिग १ का खेलमा देखिने छैनन । शनिबार राति हुने लिग १ को खेलमा लोरियन्टविरुद्ध मेस्सी उपलब्ध नहुने भएका हुन्। तर उनी विश्वकपका लागि भने फिट हुने अपेक्षा गरिएको छ।
प्रशिक्षणका क्रममा मेस्सीको गोलिगाँठामा चोट लागेको छ। चोट सामान्य नै रहेको र विश्वकपअघि नै ठिक भइसक्ने मेडिकल टिमले जानकारी गराएको छ। पीएसजीले विश्वकप अघि अर्को खेल अक्जेरसँग खेल्दैछ। विश्वकपअघि दुवै खेल गुमाउने सम्भावना छ।
३५ वर्षीय मेस्सी नेतृत्वको टिमलाई कतार विश्वकपको बलियो दाबेदार मानिएको छ। कतार विश्वकपमा अर्जेन्टिना समूहमा सी मा छ। यो समूहमा साउदी अरेबिया, मेक्सिको र पोल्याण्ड छन्। विश्वकप मंसिर ४ गते सुरु हुँदै छ।
मंसिर ६ गते अर्जेन्टिनाले पहिलो खेल साउदी अरेबियासँग खेल्दै छ।
















रूस र युक्रेनबीचको आक्रमणमा चार जनाको मृत्यु
२४ घण्टामा ट्राफिक प्रहरीद्वारा दुई हजार ७४६ जना कारबाहीमा
Possibility of rainfall in most urban areas
नेपालगन्ज विमानस्थलमा आजदेखि निःशुल्क ट्रलीबस सेवा सुरु
सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा अभिकर्ता सशक्तिकरण तथा सम्मान कार्यक्रम सम्पन्न
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
यूएईमाथि नेपालको जित, लिग-२ मा चार लगातार हारपछिको विजयले तालिकामा राहत
बीपी राजमार्गमा आवागमन बन्द, सवारी साधन होल्ड
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
प्रतिक्रिया