रूसलाई ड्रोन सहयोग गरेको इरानको स्वीकार

काठमाडौँ । इरानले युक्रेन युद्धअघि रूसलाई ड्रोन उपलब्ध गराएको स्वीकार गरेको छ । इरानी विदेश मन्त्री होसेन अमीराबदुल्लाहियानले युक्रेनमाथि आक्रमण हुनुभन्दा केही महिनाअघि थोरै सङ्ख्यामा ड्रोन पठाइएको बताएका हुन् ।
तेहरानले मस्कोलाई ड्रोन आपूर्ति जारी राखेको पश्चिमा राष्ट्रहरूको आरोपको खण्डन गर्दै तिनको प्रयोग युक्रेनी ऊर्जा केन्द्र र नागरिक पूर्वाधारमा लक्ष्यित भए नभएको यकिनका साथ भन्न नसकिने स्पष्ट गरे ।
“युक्रेन युद्धमा इरानले रूसलाई क्षेप्यास्त्र र ड्रोन उपलब्ध गराएका आरोप निराधार हुन्,” विदेशन्त्री अमीराबडोल्लाहियानलाई उद्धृत गर्दै सरकारी समाचार समिति इर्नाले जनाएको छ । यद्यपि, युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले तेहरानलाई झुट बोलेको आरोप लगाउँदै किएभमा सेनाले दिनहुँ कम्तीमा १० वटा ड्रोन खसालेका बताए ।
रूसले आफ्नो देशमा आक्रमण सुरु गरेदेखि नै नागरिक र पूर्वाधारमा आक्रमण इरान निर्मित ड्रोन प्रयोग गरेको दाबी गर्दै युक्रेनी राष्ट्रपतिले घातक ती ड्रोनमध्ये ६०–७० प्रतिशत खसालेको बताए । इरानी ड्रोन आपूर्तिलाई लिएर बेलाइत, फ्रान्स र जर्मनीका कूटनीतिज्ञले गत शुक्रबार संयुक्त राष्ट्रसङ्घ महासचिवलाई पत्र लेखेर छानबिन गर्न आग्रह गरेका थिए ।
















मुस्ताङका पर्यटकीय पदमार्ग स्तरोन्नति गरिँदै
रूस युक्रेन युद्धमा दुई दिने युद्धविराम घोषणा
पशुपतिनाथको स्वामित्वमा आयो पशुपति गौशाला धर्मशाला
वीरगन्ज भन्सारमा जाँचपास नहुँदा १४ सयभन्दा धेरै मालवाहक सवारी रोकिए
हुनानमा पटाखा कारखाना विस्फोट, २१ जनाको मृत्यु
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
प्रतिक्रिया