रियलको सिजनको पहिलो हार
मेरोन्यूज
२०७९ कार्तिक २२ गते ८:२९

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले सिजनको पहिलो हार बेहोरेको छ । शहरी प्रतिद्वन्दी रायो भालेकानोसँग प्रतिस्पर्धात्मक खेलमा रियल ३–२ ले पराजित भएसँगै बार्सिलोनाले शीर्षस्थानमा दुई अंकको अग्रता बनाएको हो । यसअघि रायोले खेलका अग्रता लिएको थियो । रियल दुई पटक खेलमा फर्किएपनि उत्कृष्ट गोल गर्दै रायोले महत्वपूर्ण तीन अंक जोडेको हो । १३ खेलसँगै बार्सिलोनाले ३४ अंक जोडेको छ । मड्रिडको ३२ अंक छ ।
बालोन डि ओर विजेता करिम बेन्जेमाबिना खेलेको रियललाई पराजित गर्न रायोका सान्ति कमसाना, अल्भारो गार्सिया र ओस्कार ट्रेजोले एक(एक गोल गरेका थिए । रियलका लुका मोड्रिक र इडर मिलिटाओले गोल गरेपनि हार टार्न सकेनन् ।
अघिल्लो राति जेरार्ड पिकेको विदाई खेलमा अल्मेरियालाई २–० अन्तरले पराजित गर्दै बार्सिलोना शीर्षस्थानमा फर्किएको थियो ।
सम्बन्धित
















सीमा निर्धारणमा भएको ढिलाइले बेनीमा सडक आयोजना प्रभावित
गैरीगाउँ क्षेत्रमा अतिक्रमण गरी निर्माण गरिएका सबै घर भत्काइयो
जिफन्टद्वारा नौबुँदे घोषणापत्र सार्वजनिक
नर्सिङ र एचए पढाउने गण्डकी प्रदेश सरकारको तयारी
२६ अंकले घट्यो नेप्से, काराेबार रकम साढे ६ अर्ब
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
यूएईमाथि नेपालको जित, लिग-२ मा चार लगातार हारपछिको विजयले तालिकामा राहत
सरकारी ठेक्काको विवरण हेरफेर आरोपमा थप दुई जना पक्राउ
प्रतिक्रिया